जनताको पक्षमा काम गर्न नसके सरकारबाट बाहिरिनुपर्छ : युनियन अध्यक्ष | Khabarhub Khabarhub

जनताको पक्षमा काम गर्न नसके सरकारबाट बाहिरिनुपर्छ : युनियन अध्यक्ष


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसके सरकारबाट बाहिरिनु पर्ने बताएका छन् । साथै उनले वर्तमान सरकारले नेपाली जनताको पक्षमा राम्रो काम गर्न नसकेपछि उठ्न नसक्ने गरी सुतेकाहरू सलबलाउन सुरु गरेको बताए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आठौँ राष्ट्रिय महाधिवेशनलाई अन्तर्गत लुम्बिनीमा आयोजित उद्घाटन सत्रमा बोल्दै उनले अहिले सरकार जनताको अपेक्षा अनुसार चल्न नसकेको आरोप लगाए । लम्सालले थपे, ‘सरकार गठन गर्दा संविधान संशोधन र जनताको सेवा प्रवाह (डेलिभरी) केन्द्रित शासन प्रणाली ल्याउने सहमति थियो ।’

त्यसैगरी उनले समाचार कक्षहरू समावेशी हुनुपर्ने बताएका छन् । पत्रकारिता क्षेत्र समावेशिता र सहभागिताको मूल आधार बन्नु पर्ने बताए । ‘समावेशी पत्रकारिता नहुन्जेल लोकतान्त्रिक सञ्चार प्रणाली सुदृढ हुँदैन । मातृभाषामा प्रकाशित समाचारपत्र र तिनमा कार्यरत पत्रकारहरूको वृत्ति विकासका लागि राज्यले विशेष योजना ल्याउनुपर्छ, उनले भने, ‘राज्यले अध्ययन भ्रमण, तालिम र क्षमता विकासमा लगानी गर्नुपर्छ । साथै, साना लगानीमा सञ्चालित स्वरोजगारमूलक सञ्चार माध्यमहरूलाई सरकारले संरक्षण गर्नुपर्छ ।’

त्यसैगरी उनले पत्रकारको आवाज दबाउन खोज्दा राजादेखि सत्तासमेत नटिकेको इतिहास स्मरण गराउँदै भने, ‘आज पनि पत्रकारलाई समाचार लेखेकै आधारमा थुन्ने, सञ्चारमाध्यम बन्द गर्ने प्रयासहरू सह्य हुँदैन ।’

उद्घाटन सत्रमा देशभरबाट आएका पत्रकारहरूको उपस्थिति रहेको थियो । फोनिजको आठौँ महाधिवेशनले नेपाली पत्रकारितामा नयाँ दिशा र ऊर्जा दिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ३ : ५७ बजे

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन्

नाडा अटो शो : सीजी मेरिडिया कराओके क्यूएलइडी टेलिभिजन सार्वजनिक

काठमाडौं – उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड सीजी इलेक्ट्रोनिक्सले यस वर्षको नाडा

जापानिज इन्सेफ्लाइटिसबाट चितवनमा चार जनाको मृत्यु

चितवन – जापानिज इन्सेफ्लाइटिसका कारण चितवनमा चार जनाको मृत्यु भएको

नेपाल किसान महासंघको चौथो राष्ट्रिय महाधिवेशन भदौ तेस्रो साता हुने

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघको चौथो राष्ट्रिय