जनताको पक्षमा काम गर्न नसके सरकारबाट बाहिरिनुपर्छ : युनियन अध्यक्ष « Khabarhub

जनताको पक्षमा काम गर्न नसके सरकारबाट बाहिरिनुपर्छ : युनियन अध्यक्ष


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसके सरकारबाट बाहिरिनु पर्ने बताएका छन् । साथै उनले वर्तमान सरकारले नेपाली जनताको पक्षमा राम्रो काम गर्न नसकेपछि उठ्न नसक्ने गरी सुतेकाहरू सलबलाउन सुरु गरेको बताए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आठौँ राष्ट्रिय महाधिवेशनलाई अन्तर्गत लुम्बिनीमा आयोजित उद्घाटन सत्रमा बोल्दै उनले अहिले सरकार जनताको अपेक्षा अनुसार चल्न नसकेको आरोप लगाए । लम्सालले थपे, ‘सरकार गठन गर्दा संविधान संशोधन र जनताको सेवा प्रवाह (डेलिभरी) केन्द्रित शासन प्रणाली ल्याउने सहमति थियो ।’

त्यसैगरी उनले समाचार कक्षहरू समावेशी हुनुपर्ने बताएका छन् । पत्रकारिता क्षेत्र समावेशिता र सहभागिताको मूल आधार बन्नु पर्ने बताए । ‘समावेशी पत्रकारिता नहुन्जेल लोकतान्त्रिक सञ्चार प्रणाली सुदृढ हुँदैन । मातृभाषामा प्रकाशित समाचारपत्र र तिनमा कार्यरत पत्रकारहरूको वृत्ति विकासका लागि राज्यले विशेष योजना ल्याउनुपर्छ, उनले भने, ‘राज्यले अध्ययन भ्रमण, तालिम र क्षमता विकासमा लगानी गर्नुपर्छ । साथै, साना लगानीमा सञ्चालित स्वरोजगारमूलक सञ्चार माध्यमहरूलाई सरकारले संरक्षण गर्नुपर्छ ।’

त्यसैगरी उनले पत्रकारको आवाज दबाउन खोज्दा राजादेखि सत्तासमेत नटिकेको इतिहास स्मरण गराउँदै भने, ‘आज पनि पत्रकारलाई समाचार लेखेकै आधारमा थुन्ने, सञ्चारमाध्यम बन्द गर्ने प्रयासहरू सह्य हुँदैन ।’

उद्घाटन सत्रमा देशभरबाट आएका पत्रकारहरूको उपस्थिति रहेको थियो । फोनिजको आठौँ महाधिवेशनले नेपाली पत्रकारितामा नयाँ दिशा र ऊर्जा दिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ३ : ५७ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन