प्रधानमन्त्री भन्छन्- एमाले सिद्याउन खोज्नेहरू नै फेल भए  « Khabarhub

प्रधानमन्त्री भन्छन्- एमाले सिद्याउन खोज्नेहरू नै फेल भए 


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले सिद्ध्याउँछु भन्ने स्वार्थी तत्त्वहरू असफल भएको जनाउँदै समृद्धि र विकासको यात्रामा कुनै विराम नलाग्ने बताएका छन् ।

नेकपा (एमाले) को रुपन्देही जिल्ला कमिटीले आज बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमालेले लिएको समृद्धि र विकासको यात्राबाट तर्सिएर देशी विदेशी प्रतिक्रियावादी स्वार्थी तत्त्वहरूले एमालेलाई विभाजनको कोसिस गर्नेहरू असफल भएको टिप्पणी गर्दै भने, ‘एमालेलाई सिद्ध्याउँछु, केपी ओलीविनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन् । म धेरै बाँच्ने होइन, त्यसपछि पनि मभन्दा बलवान नेताहरू पार्टीमा आउनेछन् । यस देशको विकासको भाग्य रेखा हामी आफै कोर्छौँ । मान्छेको घरमा आगो लगाएर  र पसलबाट चोरेर भाग्नेहरूले क्रान्ति र परिवर्तनका लागि केही गर्न सक्दैनन् ।’

राजतन्त्र र पञ्चायतकालमा मुलुकमा कुशासन र अव्यवस्था भएकाले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट ल्याइएको लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन अहिलेको सरकारले आफ्ना सबै प्रयास गरिरहेको बताए । 

उनले विगतमा आफ्ना कुशासन र निरङ्कुशताको राज सम्झिएर प्रतिगामी तत्त्वहरूले यस व्यवस्थालाई बदनाम गर्न अराजकता र अफवाह फैल्याउन खोजे पनि त्यसबाट कुर्न विचलित नभई समृद्धि र सुशासनको अहिलेको यात्रामा योगदान दिन सबैमा आग्रह गरे । 

अहिलेको आधुनिक समयमा जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तमा पछि लाग्नु बेकार भएको जनाउँदै उनले लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउँदै जनताको समृद्धि र विकासलाई तीव्र गति दिन वर्तमान संयुक्त सरकार कटिबद्ध रहेको स्पष्ट गरे ।

देशका ठुला दलहरू नेपाली काँग्रेस र एमालेले मुलुकलाई स्थायित्व दिन र देशलाई परिवर्तनका लागि सरकार बनाएले यो सरकार (गठबन्धन) आगामी निर्वाचनसम्म जाने स्पष्ट गर्दै भने, ‘यो सरकार ढल्न त के हल्लन पनि हल्लँदैन ।’

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारको पालामा लुम्बिनीमा विभिन्न राजमार्ग, अस्पताल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ध्यान केन्द्र, कृषि उत्पादन क्षेत्रको विकासजस्ता अनेकै विकास र प्रविधिका योजना र कार्यक्रमहरू ल्याएको अवगत गराए ।

सभामा उपप्रधानमन्त्री एवं अर्थमन्त्री तथा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले समृद्धि र सुशासनका लागि प्रधानमन्त्री ओलीको नेतृत्वमा भएका राम्रा कामलाई ओझेलमा पार्ने गरी गरिएका गलत प्रचारलाई चिरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

एमालेका सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले एमाले र यसको नेतृत्वले देश र जनताका पक्षमा गरेका कामबारे आफूहरू खुलस्त छलफल गर्न तयार रहेकाले विपक्षी र प्रतिगामी पक्षहरूबाट हुने गलत प्रचारको पछि नलाग्न आग्रह गरिन् ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, सङ्घका भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलगायत सहभागी थिए ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ४ : २३ बजे

शनिबार बिहानै मारिएका थिए खामेनेई, इजरायलले हानेको थियो ३० वटा बम

तेहरान- इरानको फार्स समाचार एजेन्सीले सर्वोच्च नेताको हत्याबारे थप विवरण

पर्यटकीय गन्तव्य बन्दै ‘तपस्याधाम’

झापा– मेचीनगर–१० धुलाबारीमा नवनिर्मित ‘तपस्याधाम’ आध्यात्मिक पर्यटनको नयाँ गन्तव्य बनेको

यी पाँच विषयमा थियो अमेरिकमा-इरान विवाद, मध्यपूर्वका नौ देशमा आक्रमण

तेहरान- इरानले शनिबारयता इजरायलसहित ९ देशलाई निशाना बनाएको छ ।

खामेनेईको मृत्यु भएपछि उनका छोरा सर्वोच्च नेता बन्न सक्ने

तेहरान – इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेई मारिएपछि उनका

दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । नेपाल