शिक्षा विधेयक चाँडै आउँछ, आन्दोलनमा बसिहरहनु पर्दैन : प्रधानमन्त्री « Khabarhub

शिक्षा विधेयक चाँडै आउँछ, आन्दोलनमा बसिहरहनु पर्दैन : प्रधानमन्त्री


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय शिक्षा ऐन चाँडै ल्याउन सरकार तत्पर रहेकाले शिक्षकहरू आन्दोलनमा बसिरहनु नपर्ने बताएका छन् ।

नेकपा एमाले रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको जागरणसभामा बोल्दै उनले आफू नेतृत्वको सरकार सबै क्षेत्र र समुदायका समस्या र आवाजलाई सुुन्ने खालको सरकार भएकाले आन्दोलनमा रहिरहन नपर्ने बताएका हुन् ।

‘समस्याहरू छन् । तर, सडकमा गइरहनुपर्ने थिएन । म शिक्षकहरूलाई शिक्षा ऐन चाँडै आउँछ भन्न चाहान्छुु,’ उनले भने, ‘तपाईंहरूले आफ्ना समस्यामात्रै होइन, राष्ट्रको हित र आर्थिक अवस्थालाई पनि हेरेर विचार गर्नुपर्ने हुन्छ ।’

प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले अन्य माध्यमबाट पठाएको राजीनामा यकिन गरेर स्वीकृत गरेको भन्दै उपकुलपतिसँग भिडन्त भएको प्रचारमा कुनै सत्यता नभएको प्रष्टीकरण दिए ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ५ : ४८ बजे

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको