शिक्षा विधेयक चाँडै आउँछ, आन्दोलनमा बसिहरहनु पर्दैन : प्रधानमन्त्री « Khabarhub

शिक्षा विधेयक चाँडै आउँछ, आन्दोलनमा बसिहरहनु पर्दैन : प्रधानमन्त्री


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय शिक्षा ऐन चाँडै ल्याउन सरकार तत्पर रहेकाले शिक्षकहरू आन्दोलनमा बसिरहनु नपर्ने बताएका छन् ।

नेकपा एमाले रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको जागरणसभामा बोल्दै उनले आफू नेतृत्वको सरकार सबै क्षेत्र र समुदायका समस्या र आवाजलाई सुुन्ने खालको सरकार भएकाले आन्दोलनमा रहिरहन नपर्ने बताएका हुन् ।

‘समस्याहरू छन् । तर, सडकमा गइरहनुपर्ने थिएन । म शिक्षकहरूलाई शिक्षा ऐन चाँडै आउँछ भन्न चाहान्छुु,’ उनले भने, ‘तपाईंहरूले आफ्ना समस्यामात्रै होइन, राष्ट्रको हित र आर्थिक अवस्थालाई पनि हेरेर विचार गर्नुपर्ने हुन्छ ।’

प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले अन्य माध्यमबाट पठाएको राजीनामा यकिन गरेर स्वीकृत गरेको भन्दै उपकुलपतिसँग भिडन्त भएको प्रचारमा कुनै सत्यता नभएको प्रष्टीकरण दिए ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ५ : ४८ बजे

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र