आम सहमतिका आधारमा संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ « Khabarhub

आम सहमतिका आधारमा संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सकेसम्म आम सहमतिका आधारमा संविधान संशोधन हुने बताएका छन् । 

शुक्रबार रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै गुरुङले संविधान संशोधन सबैको दायित्व र अपनत्वको विषय होस् भन्ने आफूहरूले चाहेको र यसका लागि अधिकतम सहमति खोज्ने बताए ।

मन्त्री गुरुङले दुईतिहाई दम्भमा संविधान संशोधन गर्न खोजेको भन्ने कुरामा कुनै सत्यता नरहेको उल्लेख गरे । कांग्रेस–एमालेबीच कार्यदल बनाएर करिब १० वर्षको अवधिमा संविधान कार्यान्वयन गर्दाको सबल र दुर्बल पक्षको समीक्षा गर्दै विषयहरू पहिल्याउने कार्य भइरहेको उनले बताए ।  

गुरुङले संशोधनका लागि पहिचान भएका साझा विषयहरूलाई साझा एजेन्डा बनाउँदै प्रतिपक्षी दलहरूसँग छलफल हुने उल्लेख गरे ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ६ : ४६ बजे

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती