जोगबनीका सवारीमा स्टिकर टाँसेर पर्यटन वर्ष २०८२ सुरुवात « Khabarhub

जोगबनीका सवारीमा स्टिकर टाँसेर पर्यटन वर्ष २०८२ सुरुवात


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपाल भारत सीमा नाका जोगबनीमा पर्यटकीय सवारी साधनमा स्टिकर टाँसेर पर्यटन वर्ष २०८२ को अभियानको सुरुवात गरेका छन् ।  

शुक्रबार मुख्यमन्त्री कार्कीले सो अभियानको उद्घाटन गर्दै स्टिकर टाँसेपछि पर्यटकमा हुने अनावश्यक झन्झट र दुःख हट्ने बताए । २०८२ लाई पर्यटन वर्ष घोषणा गरेको प्रदेश सरकारले पर्यटकहरूलाई सहज र सहज र सरल होस् भनेर यो अभियान सुरु गरेको हो । 

भारतबाट आउने पर्यटकहरूलाई  प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो आएपछि यो अभियानलाई कोशी प्रदेशभरि लागू गर्न लागेको हो । मुख्यमन्त्री कार्कीले नेपालीहरूको मूल मर्म अतिथि देव भव भएकाले अतिथिको सम्मान गर्नु सबैको दायित्व भएको बताउँदै अतिथिलाई सम्मान गरेर पर्यटन वर्ष सफल पार्न आग्रह गरे । 

उनले पर्यटन वर्ष सफल भएमा आर्थिक समृद्धि र विकास सम्भव हुने धारणा राखे । कोशी प्रदेश सरकारले आगामी वैशाख १ गतेदेखि पशुपतिनगर, काँकरभिट्टा, भान्टाबारी र जोगबनी नाकामा स्टिकर टाँस्ने व्यवस्था गरेको जनाएको छ । 

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ८ : ०६ बजे

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो