इजरायल–प्यालेस्टाइन युद्धमा पत्रकार मारिएकोप्रति प्रेस युनियनबाट दुःख व्यक्त « Khabarhub

इजरायल–प्यालेस्टाइन युद्धमा पत्रकार मारिएकोप्रति प्रेस युनियनबाट दुःख व्यक्त


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाल प्रेस युनियनले गरेको लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटका क्रममा इजरायल–प्यालेस्टाइन युद्धमा ज्यान गुमाएका पत्रकारप्रति दुःख प्रकट गर्दै शोक व्यक्त गरिएको छ ।

मिडिया समिटअन्तर्गत पोखरामा आइतबार आयोजित दोस्रो दिनको सत्र उद्‌घाटन समारोहमा युद्धको रिपोर्टिङका क्रममा गाजा क्षेत्रमा मारिएका पत्रकारहरुको निधनप्रति शोक व्यक्त गरिएको हो ।

‘इन्टर नेशनल फेडेरेसन अफ जर्नालिजम’ (आईएफजे)की उपाध्यक्ष सविना इन्दरजीतका अनुसार इजरायल–प्यालेस्टाइन युद्धमा गाजा क्षेत्रमा १३० जना पत्रकारको निधन भइसकेको छ ।

उद्‌घाटन समारोहमा शुभकामना मन्तव्य राख्ने क्रममा उनले गाजामा मारिएका पत्रकारहरू प्रति शोक व्यक्त गर्नका लागि समिटमा उपस्थित सबैलाई ३० सेकेन्ड मौन धारणका लागि आग्रह गरेकी थिइन् ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  १२ : ४७ बजे

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त

काठमाडौं– नेपाली कांग्रेस महामन्त्रीको मतगणना चल्दा महिला महामन्त्रीमा कडा प्रतिस्पर्धा

बाढी पूर्वानुमान महाशाखाले भन्यो- पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी आयो

काठमाडाैँ– पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी