इजरायल–प्यालेस्टाइन युद्धमा पत्रकार मारिएकोप्रति प्रेस युनियनबाट दुःख व्यक्त « Khabarhub

इजरायल–प्यालेस्टाइन युद्धमा पत्रकार मारिएकोप्रति प्रेस युनियनबाट दुःख व्यक्त


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाल प्रेस युनियनले गरेको लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटका क्रममा इजरायल–प्यालेस्टाइन युद्धमा ज्यान गुमाएका पत्रकारप्रति दुःख प्रकट गर्दै शोक व्यक्त गरिएको छ ।

मिडिया समिटअन्तर्गत पोखरामा आइतबार आयोजित दोस्रो दिनको सत्र उद्‌घाटन समारोहमा युद्धको रिपोर्टिङका क्रममा गाजा क्षेत्रमा मारिएका पत्रकारहरुको निधनप्रति शोक व्यक्त गरिएको हो ।

‘इन्टर नेशनल फेडेरेसन अफ जर्नालिजम’ (आईएफजे)की उपाध्यक्ष सविना इन्दरजीतका अनुसार इजरायल–प्यालेस्टाइन युद्धमा गाजा क्षेत्रमा १३० जना पत्रकारको निधन भइसकेको छ ।

उद्‌घाटन समारोहमा शुभकामना मन्तव्य राख्ने क्रममा उनले गाजामा मारिएका पत्रकारहरू प्रति शोक व्यक्त गर्नका लागि समिटमा उपस्थित सबैलाई ३० सेकेन्ड मौन धारणका लागि आग्रह गरेकी थिइन् ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  १२ : ४७ बजे

बालेनको घरदैलो कार्यक्रममा खटिइन् पत्नी सविना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा–५ मा घरदैलो कार्यक्रम

हिमपातपछि जुम्लामा जाडोले जनजीवन प्रभावित

जुम्ला– हिमपात परेसँगै बढेको जाडोले यहाँको जनजीवन प्रभावित भएको छ

श्रम नगरी देश बन्दैन : हर्क साम्पाङ

दमौली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम नगरी

महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपाल स्कटल्यान्डसँग पराजित

काठमाडौं– आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल स्कटल्यान्डसँग पराजित

आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द

लमजुङ– लमजुङ तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक आजदेखि तीन