ओलीले भने– ढाँचा, गति र संस्कृति फेर्ने प्रस्ताव नयाँ छन्, यस्ता छन् ओली सरकारका नयाँ नीति « Khabarhub

ओलीले भने– ढाँचा, गति र संस्कृति फेर्ने प्रस्ताव नयाँ छन्, यस्ता छन् ओली सरकारका नयाँ नीति


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा विकासको ढाँचा, गति र संस्कृति फेर्ने प्रस्ताव नयाँ रहेको बताएका छन् । यस्तै व्यवहारमा अवलम्बन गर्ने प्रतिवद्धता पनि नयाँ हो भनेका छन् ।

सङ्घीय संसदको प्रतिनिधिसभा बैठकमा सरकारको आर्थिक वर्ष २०८२–८३ को वार्षिक नीति तथा कार्यक्रममा उठेका विषयको जवाफ दिने क्रममा ओलीले विगतमा विभिन्न सरकारद्वारा घोषणा गरिएका पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गर्ने प्रस्ताव गरिएको बताए ।

‘जे आउँछ मजाले पचाउँछ’ भनेझैं जे छ, त्यसैमा रम्ने हैन, काम लाग्ने जे छ, त्यसलाई सकेसम्म निरन्तरता दिने, जे असान्दर्भिक छ, त्यसलाई त्याग्ने नीतिमा हामी जानुपर्छ ।’ प्रधानमन्त्री ओलीले भने ।

ओलीले राष्ट्रिय गौरवका आयोजनाको पुनरावलोकन गर्ने, चालु परियोजनालाई आर्थिक वर्ष २०८२–८३ मा सम्पन्न हुने गरी साथै प्रतिनिधि सभाको यस अवधिभित्र सम्पन्न हुने गरी वर्गीकरण गरी निर्धारण गरिएको समयतालिकामा सम्पन्न गर्ने नीति नयाँ रहेको बताए ।

‘निर्माणाधीन तथा निर्माण गर्नुपर्ने सबै परियोजनाका लागि आवश्यक स्रोतको आँकलन गरी सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगन गर्ने र त्रुटिपूर्ण परियोजना खारेजसमेत गर्ने नीति नयाँ हो ।’

ओलीले भने, ‘ नगद प्रवाह, जोखिम न्यूनीकरण, र कानुनी सुरक्षा’ जस्ता लगानीकर्ता र ऋणदाताको चासो समेटिएको ‘बिजनेस प्लान’ विकास गर्नुपर्ने नीति नयाँ हो भनेका छन् । स्टार्टअप होस् वा इन्टरप्रिनरसिप कुनै पनि फिल्डमा उद्यमशीलता सुरु गर्दा व्यवसाय सुरू गरेदेखि बजारसम्मको चक्र अर्थात्, ‘व्यवसायको इकोसिस्टम’ ख्याल गर्नुपर्ने नीति नयाँ हो ।’

प्रधानमन्त्री ओलीले राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमको नयाँ मार्गचित्र तयार गर्ने र शिक्षालाई सर्वसुलभ, गुणस्तरीय र जीवन उपयोगी बनाउने नीतिलाई नयाँ भनेका छन् । विद्यमान शिक्षा पद्दतिलाई आधुनिक, विज्ञान–प्रविधिमैत्री र अनुसन्धान–अन्वेषण लक्षित बनाइनेछ । विद्यालय शिक्षामा ग्रेडिङ प्रणाली लागू गरी सुधार गरिने छ ।

यस्तै उनले शिक्षक बैङ्क स्थापना, थिङ्क ट्याङ्क संस्थाहरूको समन्वय तथा सञ्चालन र उद्यमशीलताको माध्यमद्वारा आन्तरिक रोजगारी सिर्जना गरी आयआर्जनका अवसर वृद्धि गर्ने नीतिलाई निःसन्देह नयाँ नीतिका रूपमा व्याख्या गरेका छन् । विकास कार्यक्रममा सङ्घ, प्रदेश र स्थानीय तहबीच दोहोरोपन हटाउन एकीकृत परियोजना बैङ्क प्रणाली लागू गर्ने प्रस्तावित नीतिलाई पनि ओलीले नयाँ भनेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  १ : ४१ बजे

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको

नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभिएल) को ट्रफी सार्वजनिक गरिएको छ

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका