संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रचण्ड चाहिँ धरानमा लिम्बुवानको कार्यक्रममा व्यस्त « Khabarhub

संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रचण्ड चाहिँ धरानमा लिम्बुवानको कार्यक्रममा व्यस्त


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधिसभामा सम्बोधन गरिरहेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्ड भने धरानमा छन् ।

सामान्यतया प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रमुख प्रतिपक्षी दलको नेता प्रतिनिधिसभा बैठकमा उपस्थित हुने परम्परा रहँदै आएको छ । तर, प्रधानमन्त्री ओली र प्रचण्डबीच भने यस अगाडिदेखि नै संसदमा एक अर्काले सम्बोधन गर्दा सदनमा उपस्थित नहुने अवस्था छ ।

प्रचण्ड हिजो पाँचथरमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर आज धरान आइपुगेका हुन् । उनी धरानको किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा अहिले बोलिरहेका छ्न । प्रचण्डको सचिवालयका अनुसार उनी आजै काठमाडौं फर्केर भोलि पुन सुर्खेत जाँदैछन् ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  २ : १९ बजे

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल

मर्स्याङ्दीमा जलसतह  घट्यो, तत्काल बाढीको जोखिम छैन : जिल्ला प्रशासन

लमजुङ– वर्षाका कारण  मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने