प्रदीप नेपालको बहुआयामिक व्यक्तित्वको चर्चा « Khabarhub

प्रदीप नेपालको बहुआयामिक व्यक्तित्वको चर्चा


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वमन्त्री एवं साहित्यकार प्रदीप नेपालको प्रगतिशील विचार, साहित्यिक सृजनशीलता र समाज परिवर्तनप्रति अटल समर्पण रहेको भन्दै प्रशंसा गरिएको छ ।

मदन–आश्रित स्मृति प्रतिष्ठानद्वारा नेपालको निधनको छैटौँ दिन आयोजित कार्यक्रममा उनको जीवनीसम्बन्धी परिचर्चाका सहभागी वक्ताले नेपाली समाज र कम्युनिष्ट आन्दोलनमा नेता नेपालको निधनले अपूरणीय क्षति पुगेको भन्दै दुःख व्यक्त गरे ।

कार्यक्रमका वक्ताहरूले नेपालको राजनीति, कम्युनिष्ट आन्दोलन, साहित्य, शिक्षा र सामाजिक क्षेत्रमा दिवंगत नेपालले पु¥याउनुभएको योगदानको स्मरण गरे ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेता नेपाल मुलुकको वामपन्थी राजनीतिमा इमान्दार, अग्लो कद, स्पष्टवक्ता र दिइएको जुनसुकै जिम्मेवारीलाई पनि सहज तरिकाले पूरा गर्ने व्यक्तिका रूपमा रहनुभएको स्मरण गरे ।

एमाले नेतृ विन्दा पाण्डेले स्व नेपालको जीवनी र कृतिहरूलाई डिजिटल माध्यम (ई–बुक र अडियो) मार्फत् संरक्षण गरी युवा पुस्तासम्म पु¥याउन सुझाव दिइन् । पार्टीका नेता सूर्य थापाले स्व नेपालको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पारे ।

प्रतिष्ठानका उपाध्यक्ष रामेश्वर फुयाँलको अध्यक्षतामा भएको परिचर्चा कार्यक्रमा मुकुन्द न्यौपाने, राजेन्द्र गौतम, देवी ओझा, दीपक निरौलालगायत वक्ताले स्व नेपालको बहुआयामिक व्यक्तित्व, योगदान र प्रेरणादायी जीवनका विविध पक्ष बारे चर्चा गरे ।

प्रतिष्ठानले नेता नेपालको समर्पण, दूरदर्शी नेतृत्व र अटल निष्ठाले संस्थाहरूलाई नयाँ उचाइमा पु¥याएको जनाउँदै स्व नेपालको स्मृति र विचारलाई जीवन्त राख्न थप कार्यक्रम गर्ने प्रतिबद्धता जनाएको छ । स्व नेपाल पछिल्लो एक दशकदेखि प्रतिष्ठानको अध्यक्षको जिम्मेवारीमा थिए ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  २ : ५६ बजे

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको

नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभिएल) को ट्रफी सार्वजनिक गरिएको छ

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका