‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’मा सञ्चारजगतको भूमिकाको सराहना | Khabarhub Khabarhub

‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’मा सञ्चारजगतको भूमिकाको सराहना


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देशको प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको भूमिका अतुलनीय रहेको बताए ।

नेपाल प्रेस युनियनको आयोजनामा सुरु भएको ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’को दोस्रो दिनको कार्यक्रमको आज पोखरामा उद्घाटन गर्दै उनले प्रजातन्त्र प्राप्तिको आन्दोलनमा प्रेस जगतले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

प्रेस स्वतन्त्रता आजको आवश्यकता भएको बताउँदै उनले केही मिडियाको अव्यावसायिक प्रस्तुतिका कारण नियमन जरुरी रहेको बताए । पछिल्ला समयमा सामाजिक सञ्जाल र सञ्चार माध्यामलाई एकै रुपमा बुझ्ने प्रवृतिसमेत बढिरहेको उल्लेख गर्दैै उनले सञ्चार माध्यममा प्रकाशित समाचार र सामाजिक सञ्जालमा आएका विषय फरक हुन् भन्ने कुरालाई बुझाउन जरुरी भएको बताए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पछिल्लो समयमा ज्वलन्त चुनौतीका रुपमा रहेको जलवायु परिवर्तनको असर लगायत विषयमा छलफल गरिने अन्तर्राष्ट्रिय सम्मेलनबाट नीति निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

पोखराको प्राकृतिक सौन्दर्य संरक्षणसँगै फेवातलसहित सबै तालको संरक्षणलाई महानगरपालिकाले उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गरिरहेको जानकारी दिए ।
अन्तर्राष्ट्रिय पत्रकार महासङ्घका उपाध्यक्ष सविना इन्द्रजितले प्रेस स्वतन्त्रताको रक्षाका लागि आफूहरू सबै एकै ठाउँमा भएको बताउँदै प्रेस स्वतन्त्रता, जलवायु परिवर्तनलगायत विषयमा सम्मेलनमा छलफल हुने बताइन् ।

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले देशको इतिहासमा पहिलो पटक नेपाल प्रेस युनियनले ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आयोजना गरेको बताउँदै सम्मेलनमा बदलिँदो विश्व परिवेशमा प्रविधिले निम्त्याएको अवसर र चुनौतीका साथै मिडिया क्षेत्रले भोग्नुपरेका समस्याबारे गहन छलफल हुने जानकारी दिए ।

गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी, होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, नेपाल प्रेस युनियनका उपाध्यक्ष ऋषिकान्त पौडेल, गण्डकी प्रदेश अध्यक्ष टङ्कराज अधिकारी, नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेल, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले स्वतन्त्र प्रेसको महत्वबारे चर्चा गरे ।

सम्मेलनअन्तर्गत आइतबार ‘जलवायु सङ्कट र पत्रकारिता’ ‘एआई र न्यू मिडिया इन साउथ एसिया’ एवं ‘प्रेस स्वतन्त्रता र पत्रकारिता, अभ्यास तथा चुनौती’ विषयमा छलफल हुने कार्यक्रम छ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ३ : ०६ बजे

राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी एमाले मात्रै हो : ईश्वर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक

खोलामा डुबेर बालिकाको मृत्यु

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीस्थित खोलामा

पतञ्जलि प्रकरणबारे माधव नेपालले भने : अदालतबाट न्याय पाउने विश्वास छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

यस्तो देखियो ‘बलिदान’मा सौगात मल्लको लुक्स

काठमाडौं – निर्देशक तथा निर्माता सन्तोष सेनको महत्वकांक्षी फिल्म ‘बलिदान’का