यस्तो छ आगामी बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ) « Khabarhub

यस्तो छ आगामी बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्‌मा आगामी बजेटको सिद्धान्त र प्राथमिकता पेश गरेका छन्‌ ।

आइतबार (आज) बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री पौडेलले ‘विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता’ सम्बन्धमा छलफल गर्ने प्रस्ताव पेश गरेका हुन्‌ ।

अर्थमन्त्री पौडेलले संसद्‌ले आजै पारित गरेको ‘सरकारका नीति तथा कार्यक्रम’ बमोजिम नै बजेट ल्याउने बताएका छन्‌ ।

अर्थमन्त्री पौडेलले प्रस्तावमा ‘विकासको ढाँचा, गति र संस्कृति बदल्न, राष्ट्रिय आवश्यकता अनुरूपको आर्थिक सुधार गर्न, उद्यमशीलता, उत्पादन र रोजगारीका थप अवसर सिर्जना गर्दै मानवीय र भौतिक विकासमा तीब्रता दिन र लोकतान्त्रिक मूल्यमा आधारित समाजवादउन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको आधार तयार गर्न सम्पूर्ण स्रोत, साधन र सामर्थ्य परिचालन गर्नु जरुरी रहेको’ लेखेका छन्‌ ।

आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयक प्रस्तुत गर्दा अर्थमन्त्रीले मौलिक हक तथा राज्यका निर्देशक सिद्धान्तको कार्यान्वयन, समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्‍क्षा पुरा गर्न सुदृढ अर्थतन्त्रको निर्माण, विकासमा समन्वय र सहकार्य, सार्वजनिक वित्त सन्तुलन र बजेट अनुशासन, व्यवसायमैत्री वातावरणको सिर्जना र निजी क्षेत्रको लगानी प्रवर्द्धन, सामाजिक सुरक्षाको प्रत्याभूति र नागरिकमैत्री सेवा प्रवाह र सुशासन सिद्धान्तलाई आधार बनाउन आवश्यक ठानेको बताए ।

विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता :

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ४ : १९ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट