जाजरकोट कारागारमा थुनुवा मृत फेला « Khabarhub

जाजरकोट कारागारमा थुनुवा मृत फेला


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जाजरकोट कारागारमा थुनामा रहेका एक कैदी मृत फेला परेका छन् । भेरी नगरपालिका–१० निवासी २५ वर्षीय दीपक बुढा आइतबार कारागारको शौचालयमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्तप्रसाद शर्माले बताए ।

डीएसपीका अनुसार बुढा २०८१ चैत ५ गते जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत जाजरकोटको आदेशमा पुर्पपक्षका लागी थुनामा राखिएका थिए र मुद्दाको अन्तिम फैसलाअघि नै उनी मृत फेला परेका हुन् । उनले आत्महत्या गरेको जनाइएको छ ।

‘घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ’ उनले भने, ‘घटनास्थलको मुचुल्का उठाउने काम भइरहेको छ र आवश्यक प्रमाण संकलन भइरहेको छ ।’ उनको आत्महत्याको कारण खुल्न बाँकी रहेकाले घटनाको पृष्ठभूमि र सम्भावित कारणबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ५ : ५४ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन