जाजरकोट कारागारमा थुनुवा मृत फेला « Khabarhub

जाजरकोट कारागारमा थुनुवा मृत फेला


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जाजरकोट कारागारमा थुनामा रहेका एक कैदी मृत फेला परेका छन् । भेरी नगरपालिका–१० निवासी २५ वर्षीय दीपक बुढा आइतबार कारागारको शौचालयमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्तप्रसाद शर्माले बताए ।

डीएसपीका अनुसार बुढा २०८१ चैत ५ गते जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत जाजरकोटको आदेशमा पुर्पपक्षका लागी थुनामा राखिएका थिए र मुद्दाको अन्तिम फैसलाअघि नै उनी मृत फेला परेका हुन् । उनले आत्महत्या गरेको जनाइएको छ ।

‘घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ’ उनले भने, ‘घटनास्थलको मुचुल्का उठाउने काम भइरहेको छ र आवश्यक प्रमाण संकलन भइरहेको छ ।’ उनको आत्महत्याको कारण खुल्न बाँकी रहेकाले घटनाको पृष्ठभूमि र सम्भावित कारणबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ५ : ५४ बजे

हिमपातपछि जुम्लामा जाडोले जनजीवन प्रभावित

जुम्ला– हिमपात परेसँगै बढेको जाडोले यहाँको जनजीवन प्रभावित भएको छ

श्रम नगरी देश बन्दैन : हर्क साम्पाङ

दमौली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम नगरी

महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपाल स्कटल्यान्डसँग पराजित

काठमाडौं– आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल स्कटल्यान्डसँग पराजित

आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द

लमजुङ– लमजुङ तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक आजदेखि तीन

राष्ट्रिय झण्डा प्रयोग गर्दा संयम हुन कांग्रेसको निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले चुनावी अभियानका क्रममा राष्ट्रिय झण्डाको प्रयोग