म्याग्दी पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा « Khabarhub

म्याग्दी पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

म्याग्दी (बेनी)– म्याग्दी पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा भएको छ । आज सदरमुकाम बेनीमा आयोजित एक समारोहबीच जिल्लालाई चालु आर्थिक वर्षमा गण्डकी प्रदेशमै पहिलो पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा गरिएको हो ।

स्वास्थ्यकर्मीहरूले गरेको घरधुरी सर्वेक्षणका क्रममा यहाँ १५ महिनामुनिका एक हजार २३५ जना बालबालिकाले नियमित खोप लगाइरहेको र अन्य सबै लक्षित उमेरका बालबालिकाले खोपको पूरा मात्रा लगाएको भेटिएपछि पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको प्रदेश स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताए ।

उनका अनुसार मङ्गला र रघुगङ्गा गाउँपालिकामा १६ महिनादेखि २७ महिनासम्मका ३६३ र मालिका, अन्नपूर्ण, धवलागिरि गाउँपलिका र बेनी नगरपालिकामा १६ महिनादेखि ५९ महिनासम्मका तीन हजार २८८ जना बालबालिकाले पूर्णखोप पाएका छन् । यसअघि जिल्लाका ४५ वडा र छ वटै स्थानीय तहमा बालबालिकाको विवरण सङ्कलन र खोपको पूर्ण पहुँच पु¥याएर वडा र पालिकालाई पूर्णखोप सुनिश्चिता भएको घोषणा गरिएको थियो ।

जिल्लास्थित जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, स्वास्थ्यकर्मीलगायतले आगामी दिनमा समेत यसको दिगोपना कायम राख्दै अगाडि बढ्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका पूर्वभौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले विभिन्न रोगबाट जोगाउने भएकाले हरेक बालबालिकामा पूरा मात्राको खोपको पहुँचलाई निरन्तर कायम राख्नुपर्ने बताए । उनले दिगो विकास लक्ष्य हासिल गर्न, बालमृत्युदर तथा अपाङ्गताको दर घटाउन खोपले सहयोगी भूमिका खेलेको भन्दै खोपको पहुँच सुनिश्चित गर्न स्वास्थ्यकर्मी र महिला स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

राष्ट्रिय खोप तालिकाअनुसार नेपालमा बालबालिकाले जन्मेपश्चात् पोलियो, दादुरा, हेपाटाइटिस, जापानिज इन्सेफ्लाइटिस, रुबेला, झाडापखाला, टाइफाइडलगायत रोगविरुद्ध १३ प्रकारका खोप लगाउने गर्छन् ।

कार्यक्रममा खोप अभियानमा महत्वपूर्ण योगदान पु¥याएकामा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यचौकी, स्थानीय तहका स्वास्थ्य शाखालाई सम्मान गरिएको थियो । गण्डकी प्रदेश खोप समन्वय समितिका तर्फबाट म्याग्दीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना कायम गरिएको प्रमाणपत्र प्रदान गरियो । प्रदेशसभा सदस्य जुग्जालीमार्फत जिल्ला खोप समन्वय समितिका प्रमुख एवं जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

यस जिल्लामा एउटा जिल्लास्तरीय अस्पताल, एउटा आधारभूत अस्पताल, ३९ स्वास्थ्यचौकी, चार सहरी स्वास्थ्य केन्द्र, ३० सामुदायिक स्वास्थ्य एकाइ, १०७ खोप केन्द्र, ६८ गाउँघर क्लिनिक रहेका छन् । यसअघि विसं २०७१ चैत १५ गते म्याग्दीलाई नेपालकै छैटौँ पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ६ : ३४ बजे

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदीको उम्मेदवारी घोषणा

काठमाडौं– उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष

यही चुनावमै बालेलनाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने रविको योजना, यस्ता छन् मिल्ने तीन विकल्प

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई

राष्ट्रपतिको पहलमा तीन शीर्ष नेता र प्रधानमन्त्री कार्कीबीच पहिलो पटक प्रत्यक्ष वार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर