प्रदेश र स्थानीय तहको सहकार्यमा गाउँमै रोजगारी सिर्जना गर्छौंः मुख्यमन्त्री पाण्डे « Khabarhub

प्रदेश र स्थानीय तहको सहकार्यमा गाउँमै रोजगारी सिर्जना गर्छौंः मुख्यमन्त्री पाण्डे


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश र स्थानीय सरकारको सहकार्यमा गाउँमै रोजगारी सिर्जना गरिने बताएका छन् । आज बागलुङमा आयोजित गण्डकी प्रदेशस्तरीय न्यायिक सम्मेलनमा उनले नागरिकलाई आयआर्जनसँग जोड्न स्थानीयस्तरमै रोजगार सिर्जना गर्नुपर्ने आवश्यकता रहेको औँल्याए ।

मुख्यमन्त्री पाण्डेले अब प्रदेशभित्रका पालिकामा बढी उत्पादन हुने वस्तुलाई प्राथमिकता दिएर जनशक्ति परिचालन गरिने बताए । “आगामी वर्षदेखि स्थानीय र प्रदेश सरकारको सहकार्यमा नागरिकलाई गाउँमै आयआर्जनसँग जोड्ने कार्यक्रम ल्याउँछौँ, रोजगारी सिर्जना गर्छौं । कुन पालिकामा के उत्पादन हुन्छ त्यसलाई प्राथमिकता दिएर काम गर्ने र जनशक्ति परिचालन गर्ने हाम्रो योजना छ”, उनले भने ।

प्रदेश सरकारले गाउँमा ठूलो लगानी गरेर पूर्वाधार निर्माण भए पनि त्यसको उपभोग गर्ने जनसङ्ख्या कम भएकाले गम्भीर भएर सोच्नुपर्ने बेला आएको मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।

पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरेपछि पर्यटकको सङ्ख्या बढेको बताउँदै उनले पर्यटनमार्फत गण्डकीलाई समृद्ध बनाउन सकिने भएकाले पोखरा आउने पर्यटकलाई सबै जिल्लामा पु¥याउनका लागि आवश्यक पूर्वधार निर्माण र प्रचारप्रसारलाई जोड दिने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री पाण्डेले जनताको घरदैलोमा आवश्यकताअनुसार न्यायको पहुँच पु¥याउन स्थानीय र प्रदेश सरकारको साझा जिम्मेवारी रहेको उल्लेख गरे । उनले स्थानीय तहका न्यायिक समितिलाई न्यायसम्पादनमा सघाउ पु¥याउन प्रदेश सरकारले सबै पालिकामा न्यायिक सहजकर्ताको व्यवस्थापन गरेकाले न्यायसम्पादन गर्दा कसैले प्रश्न नउठाउने गरी काम गर्न आग्रह गरे ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ६ : ४३ बजे

गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

गण्डकी– गृह मन्त्रालय र गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्

मुस्ताङका वन्यजन्तु पीडितलाई राहत रकम वितरण

मुस्ताङ– यहाँस्थित माथिल्लो मुस्ताङका वन्यजन्तु पीडित पशुधनीहरुलाई राहत रकम वितरण

प्रतिनिधिसभा निर्वाचनमा पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति

काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ३१

कैलालीबाट तीन सय ४२ फरार प्रतिवादी पक्राउ

सुदूरपश्चिम– कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप