कर्णाली प्रदेशमा बालबालिका खोजतलास केन्द्र सञ्चालन « Khabarhub

कर्णाली प्रदेशमा बालबालिका खोजतलास केन्द्र सञ्चालन


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारले बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र सञ्चालनमा ल्याएको छ । सुर्खेतको वीरेन्द्रनगरमा स्थापित केन्द्रको आज प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले उद्घाटन गरे ।

कार्यक्रममा मन्त्री भण्डारीले बालबालिकाको खोजतलासमा सहयोग पुग्ने उद्देश्यका साथै आश्रयस्थलका रूपमा विकास गर्न केन्द्र सञ्चालन गरिएको बताए । उनले भने, “केन्द्र स्थापनाले यहाँका बालबालिकाको संरक्षण र संवर्द्धनमा टेवा पुग्नेछ । आगामी दिनमा केन्द्रलाई थप व्यवस्थित रूपले सञ्चालन गर्न प्रदेश सरकार आवश्यक योजनासहित अगाडि बढ्छ ।”

बालबालिकाको खोजतलासका लागि टोलफ्री नम्बर १०४ मा सम्पर्क गरी समस्या टिपाउन सकिने पनि त्यस अवसरमा जानकारी दिइयो । सामाजिक विकास मन्त्रालयअन्तर्गत सञ्चालनमा हुने केन्द्रमा नेपाल प्रहरी र टेलिकमको सहकार्य रहने छ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ७ : २४ बजे

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी