साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश « Khabarhub

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आजको भएको खेलमा श्रीलंकालाई फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

युपिस्थित गोल्डेन जुब्ली स्टेडियममा नेपालले श्रीलंकालाई ५–० गोल अन्तरले पराजित गर्यो । नेपालका लागि सुजन डंगोल, धर्वेन्द्र कुँवर, सुवास बम, विज्ञान खड्का र लछु थापाले एक एक गोल गरे ।

नेपालले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा नेपालका लागि धवेन्द्रले गोल गरेका थिए । खेलको ६१ औं मिनेटमा सुवास बमले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यस्तै ७७ मिनेटमा सुवासले गोल गरे । त्यस्तै ९० र्औ मिनेटमा बिज्ञान र इन्जुरी समयमा लछुले गोल गरे ।

समूह ‘बी’बाट भारत र नेपाल एक खेल अघि नै सेमिफाइनल प्रवेश गरेका हुन् । यसअघि भारतले श्रीलंकालाई ८–० को फराकिलो अन्तरले पराजित गरेको थियो । समुह बीमा गोल अन्तरका आधारमा भारत पहिलो र नेपाल दोस्रो स्थानमा छन् । श्रीलंका अंकबिहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

अब मंगलबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुने । उक्त खेलको बिजेता समुहको शीर्ष स्थानमा रहने टोलीको टुंगो लाग्ने छ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  १० : ०३ बजे

विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध चलेन भारतको ब्याटिङ, ७६ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा दक्षिण अफ्रिकाले

निर्वाचन आयोगले भन्यो : चुनाव प्रचारमा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नू

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को

मधेश बलियो भए मात्रै मुलुकमा सङ्घीयता सुरक्षित रहन्छ : यादव

सप्तरी – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

मापदण्ड बमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध

काठमाडाैं – निर्वाचन आयोगले तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र

धनगढीभित्रको सडक क्षेत्राधिकार आठ मिटर कायम

सुदूरपश्चिम- धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार १० मिटरबाट घटाएर पुनः आठ