रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक « Khabarhub

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ । आइतबार भएको ‘एल क्लासिको’ खेलमा रियल म्याड्रिडलाई ४–३ ले पराजित गर्दै बार्सिलोनाले उपाधि होडमा आफूलाई बलियो बनाएको हो । घरेलु मैदानमा भएको खेलमा बार्साले २–० ले पछि परेको अवस्था उल्ट्याउँदै नाटकीय जित निकालेको हो ।

खेलको सुरुवातमा म्याड्रिडले लगातार दुई गोल गर्दै बार्सिलोनामाथि दबाब बनाएको थियो । फ्रेञ्च स्टार केलियन एम्बाप्पेले आजको खेलमा ह्याट्रिक गरेको थिए । उनको ह्याट्रिकले पनि म्याड्रिडको हार टार्न सकेन ।

एम्बाप्पेले खेलको ५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । त्यस्तै खेलमो १४ औं मिनेटमा ओपन प्लेमा उत्कृष्ट फिनिशसहित गोल गर्दै म्याड्रिडलाई २–० को अवस्थामा पुर्याएका थिए । तर खेलको कथा त्यतिमा मात्र सीमित रहेन् ।

बार्सिलोनाले पहिलो हाफमै पुनरागमन गर्‍यो। १९ औं मिनेटमा एरिक गार्सियाले कर्नरबाट आएको बलमा लो हेडरमार्फत गोल गर्दै गोलअन्तर घटाए। त्यस्तै ३२ औं मिनेटमा लामिन यामालले दायाँपट्टिबाट शानदार कर्भ शटमार्फत बराबरी गोल गरे।

खेलको ३४ औं मिेनटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। उनले खेलको ४५औँ मिनेटतिर पुनः गोल थप्दै पहिलो हाफमै बार्सिलोनालाई ४–२ को अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा म्याड्रिडले खेलमा फर्कन प्रयास गर्‍यो। एमबाप्पेले ७० औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।

यो जितसँगै बार्सिलोना ८२ अंकसहित शीर्ष स्थानमा रहेको छ । भने दोस्रो स्थानको रियल मड्रिडको ७५ अंक छ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  १० : ४० बजे

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता

काबुलको अस्पतालमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न राष्ट्रसंघको माग

काठमाडौं- संयुक्त राष्ट्रसंघले अफगानिस्तानको काबुलस्थित एक अस्पतालमा भएको आक्रमणको स्वतन्त्र