रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक « Khabarhub

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ । आइतबार भएको ‘एल क्लासिको’ खेलमा रियल म्याड्रिडलाई ४–३ ले पराजित गर्दै बार्सिलोनाले उपाधि होडमा आफूलाई बलियो बनाएको हो । घरेलु मैदानमा भएको खेलमा बार्साले २–० ले पछि परेको अवस्था उल्ट्याउँदै नाटकीय जित निकालेको हो ।

खेलको सुरुवातमा म्याड्रिडले लगातार दुई गोल गर्दै बार्सिलोनामाथि दबाब बनाएको थियो । फ्रेञ्च स्टार केलियन एम्बाप्पेले आजको खेलमा ह्याट्रिक गरेको थिए । उनको ह्याट्रिकले पनि म्याड्रिडको हार टार्न सकेन ।

एम्बाप्पेले खेलको ५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । त्यस्तै खेलमो १४ औं मिनेटमा ओपन प्लेमा उत्कृष्ट फिनिशसहित गोल गर्दै म्याड्रिडलाई २–० को अवस्थामा पुर्याएका थिए । तर खेलको कथा त्यतिमा मात्र सीमित रहेन् ।

बार्सिलोनाले पहिलो हाफमै पुनरागमन गर्‍यो। १९ औं मिनेटमा एरिक गार्सियाले कर्नरबाट आएको बलमा लो हेडरमार्फत गोल गर्दै गोलअन्तर घटाए। त्यस्तै ३२ औं मिनेटमा लामिन यामालले दायाँपट्टिबाट शानदार कर्भ शटमार्फत बराबरी गोल गरे।

खेलको ३४ औं मिेनटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। उनले खेलको ४५औँ मिनेटतिर पुनः गोल थप्दै पहिलो हाफमै बार्सिलोनालाई ४–२ को अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा म्याड्रिडले खेलमा फर्कन प्रयास गर्‍यो। एमबाप्पेले ७० औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।

यो जितसँगै बार्सिलोना ८२ अंकसहित शीर्ष स्थानमा रहेको छ । भने दोस्रो स्थानको रियल मड्रिडको ७५ अंक छ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  १० : ४० बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने