विश्वकप छनोट: अर्जेन्टिना र कोलम्बिया बराबरीमा रोकिए « Khabarhub

विश्वकप छनोट: अर्जेन्टिना र कोलम्बिया बराबरीमा रोकिए


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अमेरिकी समूहको विश्वकप छनोट अन्तरगत बुधबार भएको अर्जेन्टिना र कोलम्बियाको खेल बराबरीमा सकिएको छ। खेल २४ औँ मिनेटमा लुइस डियाजको गोलमा कोलम्बियाले अग्रता लिएको थियो। पहिलो हाफसम्म अग्रतालाई कायम राखेको कोलम्बियाले दोस्रो हाफमा एक गोल खाएको हो।

घरेलु टोली अर्जेन्टिनाका लागि ८१ औँ मिनेटमा थिएगो अल्माडाले बराबरी गोल गरेका हुन्।

विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको १६ खेलमा ३५ अङ्क छ। अर्जेन्टिना यसअघि नै छनोट भइसकेको छ। कोलम्बियाको १६ खेलमा २२ अङ्क छ।

दुई खेल बाँकी रहँदा छैटौँ स्थानको कोलम्बियाले सातौँ स्थानको भेनेजुएलालाई ४ अङ्कले पछि पारेको छ। दक्षिण अमेरिकाबाट ६ टोली सिधै विश्वकपमा प्रवेश पाउने छन्।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ८ : ०८ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान