गायक तथा सङ्गीतकार गौरव दर्पण सम्मानित « Khabarhub

गायक तथा सङ्गीतकार गौरव दर्पण सम्मानित


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

मोरङ– गायक तथा सङ्गीतकार गौरव दर्पण मोरङको दर्पण कला साहित्य प्रवर्द्धन समितिको ‘वर्ष स्रष्टा सम्मान’बाट सम्मानित भएका छन् ।

मोरङको पथरी–शनिश्चरे नगरपालिकाद्वारा गठित उक्त समितिले गौरवलाई नगद २५ हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।

दुई दशकदेखि नेपाली गीतसङ्गीतको माध्यमबाट कला साहित्य प्रवर्द्धनमा लागेका गौरवले आफ्नै रचनामा गाएको ‘पूर्वै रमाइलो’ बोलको गीत देश विदेशमा रहेका नेपालीहरू माझ लोकप्रिय छ ।

दर्पणले अहिलेसम्म दुईसय भन्दा बढी गीतमा सङ्गीत भरेका छन् । यस्तै, आफ्नै आवाजमा ३ वटा गीति एल्बम प्रकाशित गरेका छन् भने दुईवटा एल्बममा उनको एकल सङ्गीत रहेको छ ।

समितिले कलासाहित्यमा लामो समय योगदान गरेका स्रष्टाहरूलाई हरेक वर्ष सम्मान गर्दै आएको छ । 

समितिले प्रथम पथरी–शनिश्चरे ‘सिङ्गिङ् एण्ड डान्सिङ आइडल’ कार्यक्रम पनि आयोजना गरेको थियो ।

उक्त कार्यक्रमका विजेता कलाकारहरूलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा गायनतर्फ मुख्य निर्णायकको भूमिका रहेका गौरवले विजेतालाई व्यक्तिगत र सुरसंगम रेकर्डिङ स्टुडियो, काठमाडौंको तर्फबाट एउटा गीत निःशुल्क रेकर्डिङको अवसर प्रदान गर्ने घोषणा गरेका थिए ।  

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ९ : १९ बजे

भौतिक मन्त्रीले भने, ‘कर्मचारीले कमिशन मागे मलाई सिधै जानकारी दिनु, कारबाही गर्छु’

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले कुनै पनि

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिजिटल प्रणाली चुस्त बनाइने

काठमाडौं– मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक सय

सेराले नेपालमा ल्यायो ‘सल्टाइ ग्यालरी’ र ‘सल्टाइ हब’  

काठमाडौं- सेराले नेपालमा नयाँ ‘सेरा सल्टाइ ग्यालरी’ र ‘सेरा सल्टाइ

बालेन सरकारले सुशासनको योजना अघि सारेपछि तर्सिए पुँजीबजारका कारोबारी, निरन्तर ओरालो लाग्यो नेप्से

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ सरकारले शासकीय सुधारको कार्यसूची अघि सारेपछि

प्रधानमन्त्री आए, कुर्सीमा बसे : माननीयज्यूहरू आउँदा खुसी लाग्यो भने, अरू केही बोलेनन्

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह त्यसै पनि कम बोल्ने नेतामा पर्छन्