गायक तथा सङ्गीतकार गौरव दर्पण सम्मानित « Khabarhub

गायक तथा सङ्गीतकार गौरव दर्पण सम्मानित


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

मोरङ– गायक तथा सङ्गीतकार गौरव दर्पण मोरङको दर्पण कला साहित्य प्रवर्द्धन समितिको ‘वर्ष स्रष्टा सम्मान’बाट सम्मानित भएका छन् ।

मोरङको पथरी–शनिश्चरे नगरपालिकाद्वारा गठित उक्त समितिले गौरवलाई नगद २५ हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।

दुई दशकदेखि नेपाली गीतसङ्गीतको माध्यमबाट कला साहित्य प्रवर्द्धनमा लागेका गौरवले आफ्नै रचनामा गाएको ‘पूर्वै रमाइलो’ बोलको गीत देश विदेशमा रहेका नेपालीहरू माझ लोकप्रिय छ ।

दर्पणले अहिलेसम्म दुईसय भन्दा बढी गीतमा सङ्गीत भरेका छन् । यस्तै, आफ्नै आवाजमा ३ वटा गीति एल्बम प्रकाशित गरेका छन् भने दुईवटा एल्बममा उनको एकल सङ्गीत रहेको छ ।

समितिले कलासाहित्यमा लामो समय योगदान गरेका स्रष्टाहरूलाई हरेक वर्ष सम्मान गर्दै आएको छ । 

समितिले प्रथम पथरी–शनिश्चरे ‘सिङ्गिङ् एण्ड डान्सिङ आइडल’ कार्यक्रम पनि आयोजना गरेको थियो ।

उक्त कार्यक्रमका विजेता कलाकारहरूलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा गायनतर्फ मुख्य निर्णायकको भूमिका रहेका गौरवले विजेतालाई व्यक्तिगत र सुरसंगम रेकर्डिङ स्टुडियो, काठमाडौंको तर्फबाट एउटा गीत निःशुल्क रेकर्डिङको अवसर प्रदान गर्ने घोषणा गरेका थिए ।  

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ९ : १९ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान