डीएसपी हुँ मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ | Khabarhub Khabarhub

डीएसपी हुँ मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको डीएसपी रहेको बताई प्रहरी हिरासतमा रहेको मानिसको मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेकाे आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलान्चोक घर भएका ४५ वर्षीय ज्ञान बहादुर लामा भन्ने ज्ञानु तामाङ र सुनसरी घर भएका ४२ वर्षीय रेवती ओझा रहेका छन् । 

प्रहरी हिरासतमा रहेका मानिसको मुद्दा मिलाइदिने भन्दै छ लाख रुपैयाँ ठगी गरेको भनी प्राप्त निवेदनका आधारमा अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न निम्न उनीहरूलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति
प्राप्त भई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । 
 
अनुसन्धानका क्रममा ज्ञानु तामाङ २०७० फागुन २० गते हात हतियार खरखजाना सम्बन्धी कसुरमा ५ वर्ष जेल सजाय भुक्तान
गरिरहेका र जुवा सम्बन्धी कसुरमा मुद्दा चलेको देखिएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  १ : २९ बजे

समीक्षा : परान भरिएको ‘परान’

फिल्म : परान शीर्ष कलाकार – नीर शाह मुख्य कलाकार : महेश

एमालेमा महाधिवेशन प्रतिनिधि छनौटका सात आधार

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि हुनका लागि पार्टीले सातवटा

नेपाल-भारतबीच ऊर्जा आदानप्रदान र प्रसारण सञ्जाल विस्तारमा सात बुँदे सहमति

पोखरा- नेपाल र भारतबीचको ऊर्जा सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यसहित संयुक्त

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा