डीएसपी हुँ मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ « Khabarhub

डीएसपी हुँ मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको डीएसपी रहेको बताई प्रहरी हिरासतमा रहेको मानिसको मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेकाे आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलान्चोक घर भएका ४५ वर्षीय ज्ञान बहादुर लामा भन्ने ज्ञानु तामाङ र सुनसरी घर भएका ४२ वर्षीय रेवती ओझा रहेका छन् । 

प्रहरी हिरासतमा रहेका मानिसको मुद्दा मिलाइदिने भन्दै छ लाख रुपैयाँ ठगी गरेको भनी प्राप्त निवेदनका आधारमा अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न निम्न उनीहरूलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति
प्राप्त भई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । 
 
अनुसन्धानका क्रममा ज्ञानु तामाङ २०७० फागुन २० गते हात हतियार खरखजाना सम्बन्धी कसुरमा ५ वर्ष जेल सजाय भुक्तान
गरिरहेका र जुवा सम्बन्धी कसुरमा मुद्दा चलेको देखिएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  १ : २९ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल