समाचार डिलिट गर्ने आदेश संवैधानिक मर्मविपरीत : प्रेस युनियन  | Khabarhub Khabarhub

समाचार डिलिट गर्ने आदेश संवैधानिक मर्मविपरीत : प्रेस युनियन 


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रेस युनियनले डिजिटल प्रकाशनको मर्ममा असर पुग्ने गरी समाचारको तथ्य जाँच नगरेर समाचार ‘डिलिट’ (मेटाउन) जिल्ला अदालतले दिएको अन्तरिम आदेश संवैधानिक मर्मविपरीत भएको बताएको छ । 

प्रेस युनियनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अदालतले मंगलबार विजमाण्डु डटकम, र नेपालखबर डटकमलाई समाचार मेटाउन दिएको अन्तरिम आदेश संवैधानिक मर्मविपरीत भएको बताएको हो । 

‘संवैधानिक व्यवस्थाअनुसार सञ्चार माध्यममा प्रकाशित समाचारको तथ्य जाँच गर्ने निकाय प्रेस काउन्सिल नेपाल हो,’ महासचिव दिलिप पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अदालतले डिजिटल प्रकाशनको मर्ममा असर पुग्ने गरी समाचारको तथ्य जाँच नगरी समाचार डिलिट गर्न दिएको अन्तरिम आदेश संवैधानिक मर्मविपरीत भएको प्रेस युनियनको ठहर छ ।’

युनियनले न्यायिक प्रक्रियाबाट प्रेस स्वतन्त्रतामा असर पर्ने प्रेस स्वतन्त्रताविरोधी आदेश सच्चिनु पर्नेमा पनि जोड दिएको छ । पत्रकार दिलभूषण पाठकलाई पक्राउ पुर्जी जारी भएको घटनाले सञ्चार क्षेत्रलाई त्रसित र चिन्तित बनाएको पनि विज्ञप्तिमा उल्लेख छ । 

‘समाचार चित्त नबुझे प्रेस काउन्सिल नेपाल जान सक्ने कानुनी व्यवस्था हुँदाहुँदै पत्रकारिता क्षेत्रलाई नियमन गर्ने कानुनअनुसार नभई विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार पत्रकारलाई मुद्दा चलाउने कार्य घोर आपत्तिजनक छ,’ युनियनले भनेको छ, ‘पक्राउ पुर्जी तत्काल फिर्ता लिन युनियन सम्बन्धित पक्षसँग आग्रह गर्दछ । सञ्चार माध्यम र पत्रकारले पनि पत्रकार आचारसंहिता पूर्ण रुपमा पालना गर्नुपर्छ भन्ने युनियनको मान्यता छ ।’

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  १ : १६ बजे

कक्षा १२ को परीक्षाफल : प्रमाणपत्र लिन, पुनर्योग गर्न र त्रुटि सच्याउन के गर्ने ?

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले २०८२ वैशाख २१ देखि जेठ

महाकालीमा बहाव बढेपछि सतर्कता अपनाउन आग्रह

खलङ्गा– भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको

‘कुलिङ पिरियड’ विवादमा रामहरिको प्रतिक्रिया : मैले गल्ती गरेको छैन, सभापतिका रूपमा जिम्मेवारी लिन्छु

काठमाडौं– नेपाली कांग्रेसका सांसद तथा संसदीय राज्य व्यवस्था तथा सुशासन

कागतीले उचित बजार नपाउँदा किसान मारमा

झापा– धानखेत मासेर छ वर्षअघि देखि कागतीखेती गरिरहेका गौरादह नगरपालिका-४

बबई नदीमा जलसतहले खतराको तह पार गर्‍यो

काठमाडौं– बबई नदीमा जलसतहले खतराको तह पार गरेको छ ।