साइबर कानुनको आडमा पत्रकार तर्साउनु आपत्तिजनक : विपुल पोखरेल « Khabarhub

साइबर कानुनको आडमा पत्रकार तर्साउनु आपत्तिजनक : विपुल पोखरेल


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– नेपाल पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष विपुल पोखरेलले साइबर कानुनको आडमा पत्रकारिता क्षेत्रलाई तर्साउन खोज्नु आपत्तिजनक भएको बताएका छन् । 

नेपाल प्रेस युनियन रूपन्देहीले बुटवलमा आयोजना गरेको विकास पत्रकारिता तालिमको उद्‌घाटन समारोहमा उनले असम्बन्धित कानुनको आडमा पत्रकारिता क्षेत्रलाई तर्साउन खोज्नु खेदजनक बताए ।

‘सञ्चार माध्यममा आएका सामग्रीमाथि चित्त नबुझे प्रेस काउन्सिलले हेर्ने हो, प्रहरीले हैन,’ निवर्तमान अध्यक्ष पोखरेलले भने, ‘साइबर कानुन पत्रकारितासँग सम्बन्धित कानुन हैन । असम्बन्धित कानुनको आडमा पत्रकारिता क्षेत्रलाई तर्साउन खोज्नु खेदजनक ।’

सबै मुद्दाहरू सिधै अदालत प्रवेश नगर्ने भन्दै उनले अर्धन्यायिक र नियामक निकायको भूमिकाको सम्मान हुनुपर्नेमा जोड दिए ।

 ‘अदालत प्रक्रियाका नाममा प्राविधिक नबनोस्,’ पोखरेलले भने, ‘न्यायको संरक्षणका साथ थिति बसाल्न योगदान दिन सक्ने बनोस् ।’ 

उनले लोकतन्त्र र संविधानको रक्षाका लागि नेपाली प्रेस अझ शसक्त भएर उभिन आवश्यक भएको पनि बताए ।

 ‘सबै राज्य संरचनालाई कमजोर र बदनाम गर्दै व्यवस्था कमजोर बनाइँदै छ,’ पोखरेलले भने, ‘लोकतन्त्र र संविधानको रक्षाका लागि नेपाली प्रेस अझ शसक्त भएर उभिन आवश्यक भएको छ ।’

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  १ : ५४ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्