साइबर कानुनको आडमा पत्रकार तर्साउनु आपत्तिजनक : विपुल पोखरेल « Khabarhub

साइबर कानुनको आडमा पत्रकार तर्साउनु आपत्तिजनक : विपुल पोखरेल


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– नेपाल पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष विपुल पोखरेलले साइबर कानुनको आडमा पत्रकारिता क्षेत्रलाई तर्साउन खोज्नु आपत्तिजनक भएको बताएका छन् । 

नेपाल प्रेस युनियन रूपन्देहीले बुटवलमा आयोजना गरेको विकास पत्रकारिता तालिमको उद्‌घाटन समारोहमा उनले असम्बन्धित कानुनको आडमा पत्रकारिता क्षेत्रलाई तर्साउन खोज्नु खेदजनक बताए ।

‘सञ्चार माध्यममा आएका सामग्रीमाथि चित्त नबुझे प्रेस काउन्सिलले हेर्ने हो, प्रहरीले हैन,’ निवर्तमान अध्यक्ष पोखरेलले भने, ‘साइबर कानुन पत्रकारितासँग सम्बन्धित कानुन हैन । असम्बन्धित कानुनको आडमा पत्रकारिता क्षेत्रलाई तर्साउन खोज्नु खेदजनक ।’

सबै मुद्दाहरू सिधै अदालत प्रवेश नगर्ने भन्दै उनले अर्धन्यायिक र नियामक निकायको भूमिकाको सम्मान हुनुपर्नेमा जोड दिए ।

 ‘अदालत प्रक्रियाका नाममा प्राविधिक नबनोस्,’ पोखरेलले भने, ‘न्यायको संरक्षणका साथ थिति बसाल्न योगदान दिन सक्ने बनोस् ।’ 

उनले लोकतन्त्र र संविधानको रक्षाका लागि नेपाली प्रेस अझ शसक्त भएर उभिन आवश्यक भएको पनि बताए ।

 ‘सबै राज्य संरचनालाई कमजोर र बदनाम गर्दै व्यवस्था कमजोर बनाइँदै छ,’ पोखरेलले भने, ‘लोकतन्त्र र संविधानको रक्षाका लागि नेपाली प्रेस अझ शसक्त भएर उभिन आवश्यक भएको छ ।’

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  १ : ५४ बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य