संविधान मिच्ने प्रवृत्तिले लोकतन्त्र र पार्टीलाई कमजोर बनाउँछ : महर « Khabarhub

संविधान मिच्ने प्रवृत्तिले लोकतन्त्र र पार्टीलाई कमजोर बनाउँछ : महर


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले  सत्ता सञ्चालन र पार्टीको आन्तरिक व्यवस्थापनमा शीर्ष नेतृत्वले अपनाएको कार्यशैलीमाथि गम्भीर र सघन प्रश्नहरू उठाएका छन् ।

नेपाल प्रेस युनियन, कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महरले वर्तमान सत्ता गठबन्धनद्वारा बनाइएको उच्चस्तरीय राजनीतिक संयन्त्र र पार्टीभित्र पदाधिकारी बैठकका नाममा भइरहेका निर्णय प्रक्रियामाथि एकसाथ प्रहार गरे ।

 ‘संविधानले नचिनेको संयन्त्रले सरकारलाई निर्देशित गर्ने र विधानले नचिनेको सीमित पदाधिकारी बैठकले समग्र पार्टीलाई चलाउन खोज्ने प्रवृत्ति हाबी भएको छ,’ उनले भने, ‘यस्तो अभ्यासले देशमा विधिको शासन र पार्टीमा आन्तरिक लोकतन्त्र दुवैलाई ठाडो चुनौती दिएको छ। यो गलत छ र यसलाई रोक्नुपर्छ।’

महरले विगत १० महिनादेखि केन्द्रीय कार्यसमितिको बैठक बस्न नसकेको प्रसङ्गमा उनले भने, ‘पार्टीको सर्वोच्च निकाय केन्द्रीय समितिलाई निष्क्रिय बनाएर केही सीमित शीर्ष पदाधिकारीको तजबिजमा पार्टी चलाउन खोजिएको छ। विधानको समयसीमा घर्किँदै जाँदा पनि महाधिवेशनको प्रक्रिया सुरु नहुनुले भी-छ को नियतमाथि शंका उत्पन्न गराएको छ।’

नेताको चरित्र र आचरणको प्रतिबिम्ब देशको शासन प्रणालीमा देखिने भन्दै उहाँले सुशासनका लागि नेताहरू स्वयं नैतिकवान् हुनुपर्ने र पार्टी आदर्शवादी हुनु पर्नेमा जोड दिनुभयो। संविधान कार्यान्वयन र जनमुखी कानुन निर्माणमा सांसदहरूको भूमिका कमजोर देखिएकोतर्फ संकेत गर्दै उनले सांसदहरूलाई थप जिम्मेवार र जवाफदेही बन्न आग्रह गरे।

दशरथ चन्द मेडिकल विश्वविद्यालय लाई आवश्यक नीति ,कानुन निर्माण गरेर यथाशक्य छिटो सु-संचालन गर्नु पर्नेमा महरको जोड थियो । 

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  २ : ३० बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्