बाजुराका स्थानीय तहलाई संघीय सरकारको २ अर्ब ७० करोड अनुदान  « Khabarhub

बाजुराका स्थानीय तहलाई संघीय सरकारको २ अर्ब ७० करोड अनुदान 


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

धनगढी– आर्थिक वर्ष ०८२/८३ का लागि संघिय सरकार मार्फत बाजुराका स्थानीय तहलाई २ अर्ब ७० करोड ४३ लाख अनुदान प्राप्त भएको छ । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको प्रदेश तथा स्थानीय तहमा जाने वित्तीय हस्तान्तरण रकमको विवरण अनुसार २ अर्ब ७० करोड ४३ लाख बजेट अनुदान पाएका हुन् ।

संघीय सरकारबाट समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान, समपूरक अनुदान बापत जाने विवरण सार्वजनिक गरेको मन्त्रालयले जनाएको छ ।

बाजुरामा पाँच वटा गाउँपालिका र चार वटा नगरपालिका छन् । यो वर्षको अनुदान रकम गत वर्षकै हाराहारीमा आएको देखिन्छ । केही पालिकाको बजेटमा भने घटेको पाइएको छ । 

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार नगरपालिकातर्फ सबैभन्दा बढी अनुदान बुढीगंगा नगरपालिकाले पाएको छ, भने गाउँपालिका तर्फ सबैभन्दा बढी खप्तड छेडेदह गाउँपालिकाले पाएको छ ।

बुढीगंगाले ३८ करोड ७७ लाख पाउँदा, खप्तड छेडेदह गाउँपालिकाले ३५ करोड ६७ लाख बजेट अनुदान पाएको हो । बुढीगंगा भन्दा खप्तड छेडेदह गाउँपालिकाले करिब ३ करोड बढी अनुदान पाएको छ । 

नगरपालिकातर्फ सबैभन्दा कम बडीमालिकाले ३० करोड ६९ लाख र गाउँपालिकातर्फ सबैभन्दा कम जगन्नाथले १९ करोड ७९ लाख पाएका छन् । त्रिवेणी नगरपालिकाले ३४ करोड २३ लाख, बुढीनन्दा नगरपालिकाले ३२ करोड ७५ लाख अनुदान पाएका छन् । 

स्वामीकार्तिक खापर गाउँपालिकाले २७ करोड ४३ लाख, गौमुल गाउँपालिकाले २६ करोड ५० लाख र हिमाली गाउँपालिकाले २४ करोड ६० हजार अनुदान पाएको छ । यो अनुदान रकमका आधारमा आफ्नो स्रोत समेत जोडेर प्रदेश तथा स्थानीय तहले बजेट सार्वजनिक गर्ने गरेका छन् ।

अर्थ मन्त्रालयले यहीँ जेठ १९ गते सार्वजनिक गरेको अन्तरसरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार आगामी आर्थिक वर्षका लागि ४ शीर्षकमा गरी सो रकम स्थानीय तहमा पठाउने भएको हो ।

सरकारले हरेक वर्ष प्रदेश र स्थानीय तहका लागि समानीकरण अनुदान, शसर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान दिदैं आएको छ । स्थानीय तहले आफ्नो आन्तरिक श्रोत, प्रदेशबाट प्राप्त अनुदान र गैर सरकारी संस्थाको लगानीलाई भने यसमा जोडिएको छैन ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ४ : ३२ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्