अन्तर मन्त्रालय समीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

अन्तर मन्त्रालय समीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्रीको निर्देशन


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर मन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालय, उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री पौडेलले कानुनको सीमाभित्र रहेर अन्तरमन्त्रालयका कार्यहरूलाई प्राथमिकता दिन कर्मचारीहरूलाई निर्देशन दिएका हुन् । 

अर्थमन्त्री पौडेलले भने, ‘अर्थ मन्त्रालयले रोक्छ भन्ने बाटोबाट नहिँडौँ। प्राथमिकताका आधारमा सहजीकरण गरेर छिटो कार्य सम्पन्न गर्ने वातावरण तयार पारौँ।‘

अर्थमन्त्री पौडेलले परिणाममुखी अभ्यासमा जान जरुरी रहेको उल्लेख गर्दै लक्ष्यहरू पूरा गर्न अतिरिक्त मेहनतका साथ कार्य सम्पादन गर्न निर्देशन दिए ।
उनले व्यवहारिक पक्षलाई हेरेर परिणाममुखी हिसाबले आगामी आर्थिक वर्षको मासिक र वार्षिक लक्ष्यहरू निर्धारण गर्नुपर्नेमा जोड दिए ।

आगामी बजेट कार्यान्वयनमा जाँदा कानूनहरू संशोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले सबैसँगको परामर्शमा संशोधनको गृहकार्य गर्न निर्देशन दिए । अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि पूर्व तयारीका काममा लाग्न पनि निर्देशन दिए ।

बैठकमा अर्थ सचिव घनश्याम उपाध्याय र राजस्व सचिव दिनेश घिमिरेले अतिरिक्त मेहनत लगायत राजस्व संकलन र पुँजीगत खर्च वृद्धिमा सहजीकरण गर्न महाशाखा प्रमुख तथा विभागीय प्रमुखहरूलाई निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ३ : ४८ बजे

पशुपन्छी फार्ममा आगलागी हुँदा ५० बाख्रा मरे

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित एक पशुपन्छी फार्ममा करेन्ट

लन्डनमा कुलमानले भने- नेपालसामु क्षेत्रीय ऊर्जा केन्द्र बन्ने अवसर छ, त्यसकालागि सही नीति र नेतृत्व हुनुपर्‍यो

लन्डन– नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालसामु क्षेत्रीय

सडक भासिएपछि कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– सडक भासिएपछि कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला खण्ड अवरुद्ध भएको छ

सवारी दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

झापा– झापाको कनकाई नगरपालिका–८ बिरिङ पुल नजिक सवारी दुर्घटना हुँदा

राज्य व्यवस्था तथा सुशासन समिति सभापति न्यौपानेले शपथ लिँदै

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका नवनिर्वाचित सभापति ईश्वरी