भिजिट भिसा प्रकरण छानबिनमा कांग्रेस तयार भएन, विपक्षीको नाराबाजीले संसद् बिहीबारसम्मलाई स्थगित « Khabarhub

भिजिट भिसा प्रकरण छानबिनमा कांग्रेस तयार भएन, विपक्षीको नाराबाजीले संसद् बिहीबारसम्मलाई स्थगित


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बैठक फेरि अवरुद्ध भएको छ । प्रतिपक्षी दलहरूको अवरोधका कारण बुधबार लगातार सातौँ दिन बैठक अवरुद्ध भएको छ ।

यसअघि दिउँसो १ बजेका लागि बोलाइएको बैठक सहमति जुटाउने प्रयासस्वरुप सवा ३ बजेका लागि सारिएको थियो । तर, बैठक झण्डै आधा घण्टा पछि सुरु भएको थियो ।

तर, प्रतिपक्षी दलहरूले बैठक सुरु हुनेवित्तिकै उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले अवरुद्ध हुँदै आएको संसद् सुचारुका लागि वातावरण निर्माण गरिदिन आग्रह गरेका थिए ।

उनी दलीय आधारमा कुरा राखिसकेपछि कार्यसूचीमा प्रवेश गर्ने बताइरहेका थिए । प्रतिपक्षी संसद् सुचारुका लागि गरिएको आग्रहलाई बेवास्ता गर्दै प्रतिपक्षी सांसदहरूले नाराबाजी जारी राखेपछि उनले बैठक बिहीबार ३ बजेसम्मका लागि स्थगित गरेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक मुछिएपछि नौ दिनदेखि प्रतिनिधिसभा बैठक अवरुद्ध हुँदै आएको छ ।

अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराई अख्तियारको फन्दामा परेपछि गृहमन्त्री लेखकमाथि राजीनामाको दबाब परेको थियो ।

उनलाई कांग्रेसकै नेताहरूले नैतिकताका आधारमा राजीनामा दिन सुझाव नै दिएका थिए । तर, गृहमन्त्री लेखक आफूमाथि उठेका प्रश्नहरूको जवाफ संसद्मै दिने तयारीमा लागे ।

जेठ १३ गते बसेको संसद् बैठकमा उनले बोल्नका लागि सभामुख देवराज घिमिरेसँग समय मागेका थिए । तर, प्रतिपक्षी दलहरूको अवरोधका कारण उक्त दिन बैठक सञ्चालन हुन सकेन । भोलिपल्ट जेठ १४ गते बसेको बैठक पनि प्रतिपक्षी दलले अवरुद्ध गरे ।

जेठ १५ गते प्रतिपक्षले आगामी आर्थिक वर्षको बजेट पेस गर्ने प्रयोजनका लागि मात्र संसद् चल्न दिने सहमति सत्तापक्षसँग गरे । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गरे ।

बजेट प्रस्तुत भएपछि सभामुख घिमिरेले अर्काे बैठक जेठ २० गतेका लागि बोलाएका थिए । प्रतिपक्षी दलहरूको अवरोधका कारण जेठ २० देखि २७ गतेसम्म संसद् बैठक लगातार सात दिन अवरुद्ध भइसकेको छ ।

यसअघि प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारका बेला तत्कालीन प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै दुई महिनाको अवधिमा २२ वटा संसद् बैठक अवरोध गरेको थियो ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ४ : ०३ बजे

इरानमाथि अमेरिका-इजरायलको संयुक्त आक्रमण, खामेनेईलाई सुरक्षित स्थानमा सारियो

तेहरान– इरानमाथि इजरायल र अमेरिकाले संयुक्त रूपमा हमला गरेका छन्

इजरायलले इरानमाथि थाल्यो आक्रमण, कयौँ सहरमा विस्फोटको आवाज 

तेहरान– इजरायलले  इरानमा आक्रमण थालेको छ । इजरायलका रक्षा मन्त्रीले

तनहुँमा कालो झण्डा प्रकरण : मञ्जिल रानाले दिए स्पष्टिकरण

तनहुँ – मगर दिवस कार्यक्रमका क्रममा देखिएको कालो झण्डा प्रकरणबारे

उपेन्द्रको दाबी- निर्णायक शक्ति मधेशले नै अब देशको भविष्य तय गर्छ 

सप्तरी– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्णायक भूमिकामा

इस्टर बमकाण्ड : पूर्व गुप्तचर प्रमुख ९० दिन हिरासतमा

एजेन्सी– सन् २०१९ को इस्टर बम विस्फोट प्रकरणमा महत्त्वपूर्ण मोड