सुन र हिरा-जवाहरतको विलासिता कर र भ्याट खारेज गर्न माग « Khabarhub

सुन र हिरा-जवाहरतको विलासिता कर र भ्याट खारेज गर्न माग


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनचाँदी व्यवसायीले अर्थमन्त्री विष्णु पौडेलसँग सुनमा लगाइएको विलासिता कर र हिरा-जवाहरत पत्थरमा लगाइएको भ्याट खारेज गर्न माग गरेका छन् ।
 
नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ सङ्घर्ष समितिका संयोजक विपिन रामुदामको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री पौडेलसँग विलासिता कर र भ्याट खारेज गरिदिन आग्रह गरेको हो । 

अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष ०८२-०८३ को बजेट भाषणमा सुनमा दुई प्रतिशत विलासिता कर र हिरा-जवाहरत पत्थरमा १३ प्रतिशत भ्याट लगाइएको घोषणा गरेका थिए । 

सरकारले बजेट भाषणमार्फत गरेको घोषणाले आम सुनचाँदी व्यवसायीमा परेको समस्या अर्थमन्त्री पौडेलसमक्ष राखिएको संयोजक रामुदामले जानकारी दिए ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ५ : ०० बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्