पत्रकार पाठकविरुद्धको पक्राउ पुर्जी तत्काल खारेज गरियोस् : उपाध्यक्ष श्रेष्ठ « Khabarhub

पत्रकार पाठकविरुद्धको पक्राउ पुर्जी तत्काल खारेज गरियोस् : उपाध्यक्ष श्रेष्ठ


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पत्रकार दिलभूषण पाठकविरुद्ध अदालतले जारी गरेको पक्राउ पुर्जी तत्काल खारेज गर्न माग गरेका छन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् पक्राउ पुर्जी तत्काल फिर्ता लिन माग गरेका हुन् । 

‘एउटा समाचार प्रसारण गरेको आधारमा प्रतिष्ठित पत्रकार दिलभूषण पाठकलाई पक्राउ पूर्जी जारी गर्नु हदै निरंकुश, असहिष्णु, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य-मान्यता विरोधी निन्दनीय कार्य हो,’ श्रेष्ठले भनेका छन्, ‘यसको म तीव्र भर्त्सना गर्दछु र यो पक्राउ पुर्जी तत्काल खारेज गर्न माग गर्दछु ।’ 

सञ्चार माध्यममा कतिपय समय अत्यन्त निराधार, गलत र गैरजिम्मेवार समाचार प्रसारण हुने गरेको भन्दै उनले त्यस्तो पत्रकारितालाई सच्याउनु जरुरी रहेको पनि बताएका छन् ।

 ‘त्यस्ता  पत्रकारलाई जिम्मेवार बनाउनु पनि पर्छ । तर सम्बन्धित समाचार गलत हो र त्यसको प्रतिवाद गर्ने हो भने पनि खण्डन, अदालत वा प्रेस काउन्सिलको बाटो छाडेर पकाउ पुर्जी जारी गर्ने बाटोलाई भने किमार्थ सही ठहर्‍याउन सकिँदैन । यस्ता कार्य बन्द गरियोस्,’ श्रेष्ठले लेखेका छन् ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ५ : १३ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्