बर्षमानले भने- सदनको गतिरोध अन्त्य गर्न हामी नरम, सरकार गरम « Khabarhub

बर्षमानले भने- सदनको गतिरोध अन्त्य गर्न हामी नरम, सरकार गरम


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले सरकार जिम्मेवारपूर्वक प्रस्तुत भए सदनको गतिरोध अन्त्य हुने बताएका छन् । 

बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले भिजिट भिसा प्रकरणलाई लिएर सदनमा देखिएको गतिरोध अन्त्य गर्न प्रतिपक्षी लचिलो भएर प्रस्तुत भएको भन्दै सत्तापक्ष र सरकार पनि जिम्मेवारपूर्वक प्रस्तुत भए समस्या समाधान हुने बताएका हुन् । 

आफूहरू नरम भए पनि सरकार गरम भएको उनको भनाइ छ । पुनले भिजिट भिसा प्रकरण प्रतिपक्षीको मात्रै नभई आम नागरिकको सरोकारको विषय भएकाले छानबिनमा सरकारको प्रतिबद्धता अनिवार्य रहेको धारणा राखे । 

बजेटमाथि छलफल हुनुअघि भिजिट भिसा प्रकरणलाई सरकारले सल्टाउनुपर्ने उनले बताए ।  

पुनले संसद् खोल्न सत्तापक्ष बढी जिम्मेवार बन्न सक्नुपर्ने बताए  । 

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ५ : ४० बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको