‘भिजिट भिसा प्रकरणबारे हाम्रा विषय निष्कर्षमा नपुर्‍याई छाड्दैनौँ’ « Khabarhub

‘भिजिट भिसा प्रकरणबारे हाम्रा विषय निष्कर्षमा नपुर्‍याई छाड्दैनौँ’


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रास्वपा सांसद् सोविता गौतमले भिजिट भिसा प्रकरणमा आफूहरूले उठाएका विषयलाई निष्कर्षमा नपुर्‍याई नछाड्ने स्पष्ट पारिन् ।  

बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले भिजिट भिसा प्रकरण देशकै लागि निकै गम्भीर रहेकाले आफूहरूले उठाएका विषयलाई निष्कर्षमा नपुर्‍याई नछाड्ने स्पष्ट पारेकी हुन् ।

उनले यसमा राष्ट्रिय सहमति खोज्नका लागि नै रास्वपाले पाँच बुँदे ड्राफ्ट तयार पारेर छलफलमा लगे पनि सत्तारुढ दल नमानेको धारणा राखिन् ।

माओवादीले ल्याएको ड्राफ्ट आफूहरूको सरोकारको विषय नभएको भन्दै उनले आफूहरू पाँच बुँदे ड्राफ्टमा अडिक रहेको बताइन् ।  

उनले रास्वपाले सदन अवरुद्ध गरेको नभई जनताको मुद्दा समाधान गर्नका लागि बाटो खोजिरहेको तर्क गरिन् । 

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ५ : ५२ बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको