सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सैह्य छैन : शेखर कोइराला | Khabarhub Khabarhub

सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सैह्य छैन : शेखर कोइराला


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सैह्य नभएको बताएका छन् । 

उनले बुधबार बेलुका सामाजिक सञ्जाल एक्स (ट्विटर) मा सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सैह्य नभएको उल्लेख गरेका छन् । 

नेता कोइरालाले सरकार कुशासनको दुष्चक्रमा फसेको आरोप लागिरहँदा सञ्चार माध्यम र सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशताबाहेक अरु केही हुन नसक्ने पनि बताएका छन् । 

‘सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सैह्य छैन,’ उनले लेखेका छन्, ‘अझ सरकार कुशासनको दुष्चक्रमा फसेको आरोप लागिरहँदा सञ्चार माध्यम र सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशताबाहेक अरु केही हुनै सक्दैन ।’

जिल्ला अदालत काठमाडौंले मंगलबार नेपालखबर र बिजमान्डु डटकमलाई प्रकाशित समाचार ‘डिलिट’ गर्न आदेश दिएको थियो । यस्तै मंगलबार नै प्रहरीले अदालतबाट पत्रकार दिलभूषण पाठकलाई समाचारकै विषयलाई लिएर पक्राउ गर्न अनुमति लिएको थियो ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ५ : ५४ बजे

दाङ, बाँके, बर्दियामा अति भारीसम्म वर्षा

काठमाडौं– दाङ, बर्दिया र बाँकेमा पछिल्लो समयमा अति भारी वर्षा

हेर्नुहोस् पूर्व-पश्चिम रेलमार्गको अवस्था (तस्बिरहरू)

काठमाडौं– सरकारले ल्याएको महत्वाकांक्षी परियोजना पूर्व-पश्चिम रेलमार्गको प्रगति निकै सुस्त

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १९ सय रुपैयाँले

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

उदयपुर– उदयपुरगढी गाउँपालिका–७ मदन भण्डारी मार्गस्थित जोगीपोखरीमा ट्रक दुर्घटना हुँदा

वर्षायाममा हुने छालाको सङ्क्रमण र बच्ने उपाय

काठमाडौं – अहिले हामी वर्षायामको मध्य समयमा छौं । देशका