सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सैह्य छैन : शेखर कोइराला « Khabarhub

सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सैह्य छैन : शेखर कोइराला


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सैह्य नभएको बताएका छन् । 

उनले बुधबार बेलुका सामाजिक सञ्जाल एक्स (ट्विटर) मा सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सैह्य नभएको उल्लेख गरेका छन् । 

नेता कोइरालाले सरकार कुशासनको दुष्चक्रमा फसेको आरोप लागिरहँदा सञ्चार माध्यम र सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशताबाहेक अरु केही हुन नसक्ने पनि बताएका छन् । 

‘सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सैह्य छैन,’ उनले लेखेका छन्, ‘अझ सरकार कुशासनको दुष्चक्रमा फसेको आरोप लागिरहँदा सञ्चार माध्यम र सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशताबाहेक अरु केही हुनै सक्दैन ।’

जिल्ला अदालत काठमाडौंले मंगलबार नेपालखबर र बिजमान्डु डटकमलाई प्रकाशित समाचार ‘डिलिट’ गर्न आदेश दिएको थियो । यस्तै मंगलबार नै प्रहरीले अदालतबाट पत्रकार दिलभूषण पाठकलाई समाचारकै विषयलाई लिएर पक्राउ गर्न अनुमति लिएको थियो ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ५ : ५४ बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको