भिजिट भिसा प्रकरण छानबिनमा कांग्रेस तयार भएन, विपक्षीको नाराबाजीले संसद् बिहीबारसम्मलाई स्थगित
प्रतिनिधिसभाको बैठक फेरि अवरुद्ध भएको छ । प्रतिपक्षी दलहरूको अवरोधका कारण बुधबार लगातार सातौँ दिन बैठक अवरुद्ध भएको छ । यसअघि दिउँसो १ बजेका लागि बोलाइएको बैठक सहमति जुटाउने प्रयासस्वरुप सवा ३ बजेका लागि सारिएको थियो । तर, बैठक झण्डै आधा घण्टा पछि सुरु भएको थियो ।

तर, प्रतिपक्षी दलहरूले बैठक सुरु हुनेवित्तिकै उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले अवरुद्ध हुँदै आएको संसद् सुचारुका लागि वातावरण निर्माण गरिदिन आग्रह गरेका थिए ।
उनी दलीय आधारमा कुरा राखिसकेपछि कार्यसूचीमा प्रवेश गर्ने बताइरहेका थिए । प्रतिपक्षी संसद् सुचारुका लागि गरिएको आग्रहलाई बेवास्ता गर्दै प्रतिपक्षी सांसदहरूले नाराबाजी जारी राखेपछि उनले बैठक बिहीबार ३ बजेसम्मका लागि स्थगित गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक मुछिएपछि नौ दिनदेखि प्रतिनिधिसभा बैठक अवरुद्ध हुँदै आएको छ ।
बजेटको ८७ नम्बर बुँदाले अदालतको अवहेलना : सर्वोच्चले माग्यो प्रधानमन्त्री र अर्थमन्त्रीसँग जवाफ
संवैधानिक निकायका ५२ पदाधिकारीबारे निर्णय असार १८ मा सुनाइने
रास्वपाका ५ बुँदे मागमा प्रतिपक्षीको छलफल सकियो, सतापक्षसँग वार्ता हुँदै
माओवादीले तयार पारेको ड्राफ्टमा सहमत छौँ : योगेश भट्टराई
‘भिजिट भिसा प्रकरणबारे हाम्रा विषय निष्कर्षमा नपुर्याई छाड्दैनौँ’
बर्षमानले भने- सदनको गतिरोध अन्त्य गर्न हामी नरम, सरकार गरम
सदनको अवरोध हटाउन प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख
एमाले र ओलीमाथि अनावश्यक घेराबन्दी भयो, प्रतिवाद गर्नुपर्छ : भट्ट
नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टी नेतृत्वमाथि घेराबन्दी बढिरहेको भन्दै आन्तरिक एकतामा जोड दिएका छन् । नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै सचिव भट्टले पार्टीमाथि आन्तरिक र बाह्य दुवै कोणबाट आक्रमण भइरहेको भन्दै आन्तरिक एकतामा जोड दिएका हुन् ।

उनले पार्टी भित्रको एकता कायम भए सुदूरपश्चिम प्रदेशका सबै १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जित सम्भव हुने बताएका छन् ।एकता नहुँदा हाल प्राप्त दुई सिट समेत गुमाएर पार्टी शून्य सिटमा झर्न सक्ने चेतावनी पनि उनले दिएका छन् । व्यक्ति हाबी हुने चरित्र देखिनु दुखद् विषय भन्दै उनले समयमै सचेत र जिम्मेवार रहन नेता कार्यकर्तासँग आग्रह गरे ।
भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन छिटै सहमति हुन्छ : प्रवक्ता गुरुङ
अन्तर मन्त्रालय समीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्रीको निर्देशन
बाजुराका स्थानीय तहलाई संघीय सरकारको २ अर्ब ७० करोड अनुदान
सुन र हिरा-जवाहरतको विलासिता कर र भ्याट खारेज गर्न माग
प्राकृतिक स्रोतबाट आर्थिक परिवर्तन ल्याउन सकिन्छ : प्रचण्ड
यथाशीघ्र संसद्को नियमित बैठक बस्नेछ : सञ्चारमन्त्री गुरुङ
पत्रकार दिलभूषण पाठकको घरमा प्रहरी, प्रेस काउन्सिल र पत्रकार महासंघसँग मागे सहयोग
समाचारको विषयलाई लिएर पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरीको एउटा टोली उनको धुम्बाराहीस्थित घरमै पुगेको छ । काठमाडौं जिल्ला अदालतबाट मंगलबार पक्राउ पुर्जी जारी भएपछि भोटाहिटीस्थित साइबर ब्युरोबाट प्रहरीको एउटा टोली बुधबार दिउँसो पाठकको घरसम्मै पुगेको हो ।

मोबाइल फोनसमेत बन्द गरेर बसेका पाठकलाई प्रहरीले घरमा भने भेट्टाएन । घरमा नभेट्टाएपछि प्रहरीको टोली अहिले कार्यालयमा फर्किसकेको छ ।
पाठकलले आफूद्वारा सञ्चालित युट्युब च्यालनमा सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवापुत्र जयवीरको लगानी तथा कारोबारबारे एउटा भिडियो कन्टेन्ट बनाएका थिए । नक्सालस्थित हिल्टन होटलमा जयवीरको लगानी रहेको दाबीसहित बनाइएको उक्त कन्टेन्टलाई लिएर दिलभूषणविरुद्ध साइबर ब्युरोमा उजुरी परेको थियो ।
‘पत्रकार पाठकविरुद्धको पक्राउ पुर्जी खारेज होस्’
संविधान मिच्ने प्रवृत्तिले लोकतन्त्र र पार्टीलाई कमजोर बनाउँछ : महर
समाचार डिलिट गर्न दिएको आदेशप्रति महासंघको आपत्ति
साइबर कानुनको आडमा पत्रकार तर्साउनु आपत्तिजनक : विपुल पोखरेल
पत्रकार पाठकविरुद्धको पक्राउ पुर्जी तत्काल खारेज गरियोस् : उपाध्यक्ष श्रेष्ठ
सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सैह्य छैन : शेखर कोइराला
पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना, चार जनाको सकुशल उद्धार
पोखरामा प्याराग्लाइडिङ ल्याडिङ्ग गर्ने क्रममा दुर्घटनामा परेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।कास्की जिल्लाको पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको २ वटा प्याराग्लाइडिङ ल्याडिङ्ग गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बीच भागमा खसेको थियो ।

सो दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले उनीहरुलाई दिउसो करिब ३ बजे सकुशल उद्धार गरेको हो । डिएसपी शैलेन्द्र थापाका अनुसार उद्धार गरिएकाहरूमा भारतको बनारस घर बताउने ४१ वर्षीय अकलेस यादव र ३५ वर्षीय चन्दन कुमार पटेल तथा अग्नि प्याराग्लाइडिङका पाईलट ३० वर्षीय मिलन शाह र ह्याप्पी फ्लाई प्याराग्लाइडिङ पाईलट २८ वर्षीय विश्वास अधिकारी छन् ।
एकहजार क्यु फिट काठ निकुञ्जको नियन्त्रणमा
ललितपुरबाट ८ लाख बढीको धनमाल चोरी
संविधान मिच्ने प्रवृत्तिले लोकतन्त्र र पार्टीलाई कमजोर बनाउँछ : महर
जनताको आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न सरकार दृढ छ : मन्त्री यादव
गण्डकी प्रदेश : स्थानीय तहका छ अस्पताल सरकार मातहत ल्याउन पहल
चक्रपथ स्तरोन्नतिपछि चिटिक्क बेनीबजार
लस एन्जलसमा कर्फ्यु घोषणा
लस एन्जलसका मेयर करेन बासले बुधबार लस एन्जलसको डाउनटाउनमा ‘आपतकालीन कर्फ्यु’ घोषणा गरेका छन् ।अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइसिई)ले कागजातविहीन आप्रवासीहरूलाई लक्षित गरेको छापाको विरुद्धमा धेरै दिनको विरोध प्रदर्शन पछि कर्फ्यू लगाइएको हो ।

एक प्रेस सम्मेलनमा बासले कर्फ्यु साँझ ८ः०० देखि बिहान ६ः०० बजे सम्म लागू हुने र केही दिनसम्म रहने अपेक्षा गरिएको बताए। ‘म कर्फ्यु जारी राख्नका लागि भोलि निर्वाचित नेताहरू र कानून प्रवर्तन अधिकारीहरूसँग परामर्श गर्नेछु तर हामी निश्चित रूपमा यो धेरै दिनसम्म चल्ने अपेक्षा गर्दछौँ’, उनले भने।
‘सामाजिक सञ्जालले बालबालिकाको मानसिक स्वास्थ्य संकट बढ्दै’
रुसी आक्रमणपछि सर्बियाका नेताको पहिलो युक्रेन भ्रमण
युक्रेनको खार्किभमा रुसी आक्रमण : तीन जनाको मृत्यु, ६० घाइते
प्रतिक्रिया