दक्षिण अफ्रिकामा बाढीका कारण नौ जनाको मृत्यु « Khabarhub

दक्षिण अफ्रिकामा बाढीका कारण नौ जनाको मृत्यु


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । बाढीले एउटा स्कूल बस बगाएपछि हराइरहेका बालबालिकाको खोजी उद्धारकर्मीले गरिरहेका छन् ।

भारी वर्षा, हिमपात र चिसो हावाहुरीका कारण पूर्वी केप प्रान्तका क्षेत्रहरू प्रभावित भएका छन् र देशका अधिकांश भागमा गत हप्तादेखि नै व्यापक जाडो महसुस भएको थियो । 

ओआर ताम्बो जिल्लामा मुसलधारे वर्षाका कारण आएको बाढीका कारण नौ जनाको मृत्यु भएको स्थानीय सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बाढीले बगाएर ल्याएको मिनीबसमा सवार बालबालिकाको खोजी कार्य बुधबार जारी रहेको बताइएको छ ।

पूर्वी केप प्रान्तीय सरकारका प्रवक्ता खुसेल्वा रान्टजीले एएफपीसँग कुरा गर्दै बसमा कति जना बालबालिका वा वयस्क थिए भन्ने पुष्टि गर्न नसकिएको बताए। 

दक्षिण अफ्रिकी टिभी स्टेसन न्यूजरुम अफ्रिकाले घटनास्थल नजिकै रहेका एक रिपोर्टरसँग कुरा गर्दै बुधबार दिउँसो १० जनाको शव फेला परेको जनाएको छ । विभिन्न पत्रपत्रिका र अनलाइनहरूले बसको क्षमता २२ जनासम्म यात्रु बोक्न सक्ने रहेको बताएका छन् ।

दुर्घटनामा परेका तीन जना बालबालिकालाई पानीको बहावबाट बच्नका लागि घण्टौंसम्म रुखमा बिताएपछि उद्धार गरिएको थियो ।
 

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ७ : ३१ बजे

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता