जिबुटीमा तस्करद्वारा आप्रवासी डुङ्गामा आक्रमण, आठ जनाको मृत्यु « Khabarhub

जिबुटीमा तस्करद्वारा आप्रवासी डुङ्गामा आक्रमण, आठ जनाको मृत्यु


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

अदिस अबाबा – मानव तस्करको एक समूहले आप्रवासी डुङ्गामा आक्रमण गरेका छ । आक्रमणबाट कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै २२ जना बेपत्ता भएको संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकायले जनाएको छ ।

गत बिहीबार करिब १५० जना यात्रु बोकेको डुङ्गालाई तस्करले रोकी आक्रमण गरेपछि उनीहरू ‘तटदेखि निकै टाढा’ समुद्रमा हाम फाल्न बाध्य भएका थिए ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यात्रुहरुलाई डुङ्गाबाट समुद्रको पानीमा हाम फाली पौडी खेल्न बाध्य पारिएको थियो।” तस्करले उक्त समूहलाई किन जहाजबाट ओर्लन बाध्य पारे भन्नेबारे जानकारी खुल्न सकेको छैन ।

हरेक वर्ष हजारौं अफ्रिकी आप्रवासीहरू तेलको धनी खाडी मुलुकहरू पुग्ने आशामा जिबुटीदेखि यमनसम्म रेड सी पार गरेर ‘पूर्वी मार्ग’ तय गर्छन्। आइओएमले गत वर्ष उक्त मार्गमा कम्तीमा ५५८ जनाको मृत्यु भएको र ४६२ जनाको मृत्यु डुङ्गा दुर्घटनाका कारण भएको जनाएको थियो ।

आइओएमका अनुसार गत साता भएको घटनामा कम्तीमा पाँच जनाको शव जिबुटीको तटीय क्षेत्रमा बगेको अवस्थामा भेटिएको छ । आइओएमका पूर्व, मध्य र दक्षिणी अफ्रिकाका क्षेत्रीय निर्देशक सेलेस्टाइन फ्रान्ट्जले भने, “यी युवाहरूलाई मानव जीवनको कुनै मतलव नगर्ने तस्करहरूले असम्भव विकल्पहरू रोज्न बाध्य पारेका थिए ।”

“समुद्रमा हराएका हरेक जीवन एक त्रासदी हो जुन कहिल्यै हुनु हुँदैन,” उनले भने । आइओएमका अनुसार सन् २०२४ मा ‘समुद्ररहित डुङ्गाको प्रयोग, पानीजहाजको अत्यधिक भीडभाड, खराब समुद्री परिस्थितिमा आवागमन गर्ने र तस्करहरूले मानिसहरूलाई समुद्रमा ओर्लन बाध्य पारेका कारण छ वटा ठूला जहाजहरू दुर्घटनामा परेका थिए।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ८ : ४८ बजे

नेपालको संविधान : शान्ति र सहकार्यको साझा दस्तावेज

काठमाडौं- कुनै पनि देशको संविधान राज्यअर्थात् शासन सञ्चालनको कानुनी दस्तावेज

‘विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ’

काठमाडौं- लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज ११

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक