भाजपा सांसद रविशंकर प्रसादले आतंकवादलाई दिए क्यान्सरको संज्ञा « Khabarhub

भाजपा सांसद रविशंकर प्रसादले आतंकवादलाई दिए क्यान्सरको संज्ञा


२८ जेष्ठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय जनता पार्टी भाजपाका सांसद रविशंकर प्रसादले आतंकवादलाई क्यान्सरको संज्ञा दिएका छन् । बेलायत भ्रमणका क्रममा सांसद प्रसादले आतंकवादलाई क्यान्सरको संज्ञा दिएका हुन् ।

बेलायतको राजधानी लण्डनस्थित इण्डिया हाउसमा बोल्दै सांसद प्रसादले पाकिस्तानले अन्तर्राष्ट्रिय कोषको पैसा दुरुपयोग गरी आतंकवादमा लगानी गरिरहेको आरोप लगाए । बेलायतमा रहँदा भारतीय सांसदको टोलीले त्यहाँका सभामुख लिन्जी होयल छायाँ विदेशमन्त्री प्रिती पटेललगायतका नेताहरुसँग उच्चस्तरीय भेटवार्ता गरेको थियो ।

त्यसबाहेक सत्तारुढ लेबर पार्टी र विपक्षी कन्जरभेटिभ पार्टीका नेताहरुसँग पनि भेटवार्ता गरी आतंकवादविरुद्ध भारतको धारणाबारे जानकारी दिइएको थियो ।

पाकिस्तानी भूमिमा रहेका आतंककारी पूर्वाधारलाई लक्षित गरी भारतले सञ्चालन गरेको अपरेशन सिन्दुरबारे विश्वलाई जानकारी दिन सबै दलका सांसद सम्मिलित टोलीले विदेश भ्रमण गरेको हो ।

गत अप्रिल २२ का दिन भारतको जम्मु कश्मीरस्थित पहलगाम क्षेत्रमा एक जना नेपालीसहित २६ जनाको ज्यान जानेगरी भएको आतंककारी आक्रमणको बदलामा भारतले अपरेशन सिन्दुर सञ्चालन गरेको हो ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  ९ : २६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया