गाजामा इजरायली आक्रमण : खाने कुराको लाइनमा बसेका १५ जनाको मृत्यु | Khabarhub Khabarhub

गाजामा इजरायली आक्रमण : खाने कुराको लाइनमा बसेका १५ जनाको मृत्यु


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

गाजा – गाजाको अस्पताल अगाडि पोषणयुक्त खानेकुराका लागि लाइनमा बसिरहेका १५ प्यालेस्टाइनीको इजरायली आक्रमणबाट मृत्यु भएको छ।

यसरी मारिने मध्य आठ बच्चा तथा दुई महिला समेत छन्। डेयर अल बलाहामा रहेको अल अक्सा सहिद अस्पतालले सार्वजनिक गरेको भिडियोमा बच्चा ढलेको प्रस्ट देख्न सकिन्छ।

त्यहाँ सहयोग गरिरहेको अमेरिकाको परियोजना ‘प्रोजेक्ट होप’ ले यो आक्रमण अन्तर्राष्ट्रिय कानुनको बर्खिलाप रहेको जनाएको छ।

इजरायली सेनाले हमासको सैन्य शक्तिमा लक्षित आक्रमण भए पनि सर्वसाधारणको ज्यान गएकोमा दुःख व्यक्त गरेको छ।

हमास र इजरायल युद्ध विरामका लागि वार्ता गरिरहेको भए पनि बिहीबार ६६ जना प्यालेस्टाइनीको इजरायली आक्रमणमा ज्यान गएको हो।

अस्पतालको अगाडि कुपोषण, सङ्क्रमण, क्रोनिक रोग तथा अन्य धेरै रोगले प्रभावित लाइन लागेर बसेको समयमा सो आक्रमण भएको हो। सामाजिक सञ्जालमा राखिएको भिडियोमा आक्रमण भए लगत्तै धेरै बाल बालिका उफ्रिएर भुइँमा ढलेको देखिएको छ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ६ : १५ बजे

विष्णु पौडेलको नजरमा अस्थिरता ल्याउने तीन शक्ति : राजावादी, रास्वपा र माओवादी

पाल्पा– उपप्रधान तथा अर्थमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले

निजी ऊर्जा उत्पादकलाई पेलेर विद्युत प्राधिकरणले बहादुरी देखायो :  मोहन डाँगी

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (ईप्पान)का वरिष्ठ उपाध्यक्ष मोहनकुमार

गृहमन्त्री लेखक र सचिव दुवाडीले गरे कार्यसम्पादन सम्झौता

काठमाडौं– गृहमन्त्री रमेश लेखकले राष्ट्रको हित र आम नागरिकलाई थप

पाकिस्तानमा बाढी : ३४४ जनाको मृत्यु, १५० भन्दा बढी बेपत्ता

बाबर (पाकिस्तान)- उत्तरपश्चिम पाकिस्तानमा आएको विनाशकारी बाढीमा कम्तीमा तीन सय

विदेश सचिव मिस्रीसँग राष्ट्रपतिले भने- भारतबाट नेपालले अझै बढी लाभ लिन चाहन्छ

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेशी सचिव