कृषि उत्पादन बढाउन उपकरणमा अनुदान « Khabarhub

कृषि उत्पादन बढाउन उपकरणमा अनुदान


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

इलाम– पचहत्तर प्रतिशत अनुदानमा हाते ट्र्याक्टर पाएपछि माईजोगमाई गाउँपालिका–३ का हरि ढकालले खेती विस्तार गरेका छन् । माईजोगमाई–५ का तुलसी चापागाईँ पनि खेतबारी खन्ने झन्झटबाट मुक्त भएपछि हिजोआज उनी खेतमा नै व्यस्त छन् । 

अनुदानमा चिया टिप्ने मेसिन पाउँदा व्यावसायिक बन्ने प्रतिबद्धता व्यक्त गर्छन् सोही पालिका–१ प्रमेजुङका चन्द्र भण्डारी ।

‘विगतको तुलनामा उत्पादन बढ्ने विश्वास छ’, किसान भण्डारीले भने ।

माईजोगमाई गाउँपालिकाले कृषि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत किसानलाई बिहीबार हाते ट्रयाक्टर र चिया टिप्ने मेसिन वितरण गरेपछि उहाँहरू कृषि कर्ममा लाग्न उत्साहित भएका हुन् । पचहत्तर प्रतिशत अनुदानमा वितरण गरिएको यन्त्रले किसानमा उत्साह र व्यावसायिक कृषिको सम्भावना बढाएको गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले बताए।

‘छ अश्वशक्तिका १० र सात अश्वशक्ति क्षमताका १३ वटा हाते ट्र्याक्टर तथा १७ वटा चिया टिप्ने मेसिन वितरण गरेका छौँ’, अध्यक्ष थेबेले भने।, ‘कोशी प्रदेश सरकारको सशर्त अनुदान कार्यक्रमअन्तर्गत ७५ प्रतिशत अनुदानमा वितरण गरिएका उपकरणका लागि किसानले २५ प्रतिशत लागत सहभागिता जनाएका छन् ।’

उनले वितरण गरिएका सामग्रीको प्रभावकारी प्रयोगका लागि अनुगमन गरिने बताए। 
 

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ९ : ५९ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती