‘नेपालमा विदेशी मुद्रा सञ्चिति प्रयाप्त छ, अटो लोन खुकुलो बनाउँदा हुन्छ’ « Khabarhub

‘नेपालमा विदेशी मुद्रा सञ्चिति प्रयाप्त छ, अटो लोन खुकुलो बनाउँदा हुन्छ’


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले मौद्रिक नीति प्रयाप्त छलफलपछि आउनु पर्नेमा छापामार शैलीमा ल्याउन लागेको बताए। 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजना र पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै मौद्रिक नीति दीर्घकालीन प्रभाव हेरेर ल्याउनु पर्ने बताएका हुन्। 

अर्धवार्षिक समिक्षाबाट विद्युतीय गाडीमा परिवर्तन गरेको लोन टु भ्यालु रेसियोलाई पुरानै अवस्थामा पुर्‍याउन माग गरेका छन्। नेपालको ब्यालेन्स अफ पेमेन्ट प्रयाप्त हुँदा अटो लोनको विषयमा खुल्ला गर्दा फरक नपर्ने बताए। 

‘मौद्रिक नीतिमा सुझावका कार्यक्रमहरू भैरहेको समयमा साउन पहिलो हप्ता आउने गरेकोमा छिट्टै आउन लागेको देखिन्छ,’ थापा भन्छन्,‘राष्ट्र बैंकले लोन टु भ्यालु रेसियोमा गरेको फेरबदल हुँदा अटोमोबाइल्स व्यवसायी नाखुस देखिएका छन्। नयाँ मौद्रिक नीतिमा बढी चासो देखाएका छन्।’

नाडा अटोमोबाइल्स एशोसिएन अफ नेपालको सहकार्यमा भएको कार्यक्रममा  थापाले सरकारले सवारी साधनमा बढी कर लगाउँदा मुद्रास्फिति नबढेपनि लागत नै बढी हुँदा छिमेकी मुलुकको तुलनामा महंगो रहेको बताए। 

नेपालमा अटो एसेम्बल उद्योग, स्पेयर पार्टस्का उद्योग स्थापना भैरहेको बताए।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १० : ४७ बजे

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया

क्यानडाको सैन्य आधार शिविरमा भीषण आगलागी : ४ सैनिकको मृत्यु, ३९ जना घाइते

ओटावा – क्यानडाको अल्बर्टा प्रान्तस्थित एक सैन्य आधार शिविर (मिलिटरी

झापाबाट काठमाडौँ आउँदै गरेको हायस दुर्घटना : तीन जना घाइते

काठमाडाैँ –बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा माइक्रो बस दुर्घटना

फ्रान्समा हिंसात्मक प्रदर्शन : शान्ति कायम गर्न राष्ट्रपति म्याक्रोको आह्वान

पेरिस – महँगी, इन्धनको मूल्यवृद्धि र खस्कँदो सार्वजनिक सेवाको विरोधमा