परराष्ट्रमन्त्री डा. राणा स्वदेश फिर्ता | Khabarhub Khabarhub

परराष्ट्रमन्त्री डा. राणा स्वदेश फिर्ता


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको रोममा आयोजित खाद्य तथा कृषि सङ्गठन (एफएओ) को ४४औँ अधिवेशन एवं सोही क्रममा आयोजित उच्चस्तरीय मन्त्रिस्तरीय ‘कन्फ्रेन्स’मा सहभागी भई आज स्वदेश फर्किएकी छन् । 

जुन २८ देखि जुलाई ४ सम्म आयोजित एफएओ कन्फ्रेन्सको प्रमुख सत्रका साथै त्यसै क्रममा आयोजित अन्य उच्चस्तरीय बैठक तथा कार्यक्रमहरूलाई पनि मन्त्री डा. राणाले सम्बोधन गरेकी थिइन् ।

सम्बोधनमा उनले नेपालले खाद्य अधिकारलाई नागरिकको मौलिक अधिकारका रूपमा व्यवस्था गरेको र यसको कार्यान्वयन एवं प्राप्तिका लागि आवश्यक अन्य कानुनहरूले आधार प्रदान गरेको जानकारी दिएकी थिइन् ।

खाद्य सुरक्षा तथा गुणस्तर नियन्त्रण नीतिमार्फत नियामक मापदण्ड, प्रयोगशाला निगरानी र उपभोक्ता संरक्षणका माध्यमबाट नेपालले सुरक्षित र गुणस्तरीय खाद्य सुनिश्चित गर्दै आएको पनि मन्त्री डा. राणाले बताएकी थिइन् ।

 अतिकम विकसित, साना टापु राष्ट्रहरू तथा भूपरिवेष्‍टित राष्ट्रहरूमा खाद्य अधिकार तथा पोषण  सम्बन्धमा धारणा राख्दै मन्त्री डा राणाले नेपाललगायत देशहरूले जलवायु परिवर्तनको क्षति व्यहोरिरहेकातर्फ विश्व समुदायको ध्यानाकर्षण गराएकी थिइन् ।

नेपाल र नेपाल जस्ता भूबनोट रहेका देशका लागि दिगो कृषि प्रणाली र हिमाली क्षेत्रका लागि जलवायु वित्तमा अनुदान दिइनुपर्ने माग पनि उनले राखेकी थिइन् थियो । डा राणाले जलवायु परिवर्तनको मार खेपिरहेका नेपाल र यहाँका विशेषगरी हिमाली क्षेत्रका लागि अनुदानमा आधारित अन्तर्राष्ट्रिय जलवायु वित्त सुनिश्चित गर्न आग्रह गरिन्। 

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १२ : ०३ बजे

‘मिशन ८४’ सफल पार्न उपाध्यक्ष परियारको नेतृत्वमा विवेकशील साझाद्वारा संवाद समिति गठन

काठमाडौं– विवेकशील साझा पार्टीले आगामी निर्वाचनलाई लक्षित गरेर ‘राजनीतिक संवाद

सौगात, सुहान र प्रकाशले सुरु गरे ‘परालको आगो’को वर्कसप

काठमाडौं – फिल्म ‘परालको आगो’ वर्कसपको चरणमा प्रवेश गरेको छ

पानी प्रशोधन केन्द्रको काम छिटो सक्न उपप्रधानमन्त्री सिंहको निर्देशन 

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले टुकुचामा निर्माणाधीन पानी

विद्याको स्वागतका लागि विराटनगर विमानस्थलमा मन्त्रीदेखि एमाले नेतासम्मको ‘लाइन’

विराटनगर– कोशी प्रदेशका मन्त्री र नेकपा एमालेका नेताहरूले पूर्वराष्ट्रपति विद्यादेवी

विद्याको दाबी : केन्द्रीय कमिटीको निर्णय थाहा भएन, म एमालेकै संगठित सदस्य हुँ  

विराटनगर- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सोमबार विराटनगर पुगेकी छन्। विराटनगरस्थित उद्घोष