कर्णालीमा ६४.८२ प्रतिशत बजेट खर्च | Khabarhub Khabarhub

कर्णालीमा ६४.८२ प्रतिशत बजेट खर्च


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ मा कुल बजेटको ६४.८२ प्रतिशत बजेट खर्च गरेको छ । चालू आर्थिक वर्षको अन्तिमसम्म चालुतर्फ ७५.५२ प्रतिशत र पुँजीगततर्फ ५८.६३ प्रतिशत खर्च भएको छ ।

प्रदेश सरकारले कुल बजेट ३१ अर्ब ३० करोड २१ लाख ८५ हजारमध्ये २० अर्ब ३० करोड ११ लाख ७१ हजार ७५७ रुपैयाँ २१ पैसा खर्च भएको छ ।

प्रदेश सरकारले ११ अर्ब १० लाख १३ हजार २४२ रुपैयाँ ७९ पैसा खर्च गर्न नसकेको प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रदेश लेखा नियन्त्रक रत्नप्रसाद सुवेदीले बताए ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय कुल बजेट ३३ करोड ५७ लाख ३२ हजार विनियोजित भएकोमा उक्त कार्यालयले १८ करोड २७ लाख ३२ हजार ८७१ रुपैयाँ २९ पैसा खर्च गरेको छ । अर्थात् कुल बजेटको ५४.४३ प्रतिशत बजेट कार्यान्वयन गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको कुल बजेट १७ करोड ५३ लाख ५५ हजार रहेकोमा १३ करोड ९७ लाख ९३ हजार २३ रुपैयाँ ३७ पैसा कार्यान्वयन गरेको छ । अर्थात् कुल बजेटको ७९.७२ प्रतिशत बजेट खर्च भएको छ ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको कुल बजेट १ अर्ब ९५ करोड १९ लाख ९८ हजार बजेट मध्य १ अर्ब ४१ करोड ७९ लाख ५७ हजार २३७ रुपैयाँ ७३ पैसा खर्च भएको छ । अर्थात् कुल बजेटको ७२.६४ प्रतिशत बजेट कार्यान्वयन भएको छ।

त्यस्तै जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको कुल बजेट २ अर्ब ८६ करोड ८४ लाख १६ हजार रुपैयाँ रहेकामा २ अर्ब २८ करोड १४ लाख ३३ हजार २९ रुपैयाँ २२ पैसा अर्थात् ७९.८४ प्रतिशत बजेट कार्यान्वयन भएको छ ।

त्यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय १ अर्ब ८६ करोड ४२ लाख १६ हजार बजेट मध्य १ अर्ब २९ करोड ३० लाख १६ हजार २८३ ५३ रकम कार्यान्वयनमा आएको छ । अर्थात् ६९.३६ प्रतिशत बजेट खर्च भयो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कुल बजेट ३७ करोड ५६ लाख ८० हजार रुपैयाँमध्ये २६ करोड ६९ लाख ६७३.५७ रुपैयाँ अर्थात् ७१.५ प्रतिशत बजेट कार्यान्वयन भएको छ ।

प्रदेशको सबै भन्दा बढी बजेट रहेको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको कुल बजेट १० अर्ब ४३ करोड ५८ लाख ९ हजार रुपैयाँ रहेकोमा हालसम्म ५ अर्ब ९९ करोड ८५ लाख ८७ हजार १६३ रुपैयाँ ५८ पैसा अर्थात् ५७.५१ प्रतिशत मात्र बजेट कार्यान्वयन भएको छ ।

सामाजिक विकास मन्त्रालयको कुल बजेट ५ अर्ब ६९ करोड ५ लाख ३७ हजार कुल बजेट रहेकोमा ४ अर्ब ९ करोड ६५ लाख २१ हजार ७४२ रुपैयाँ ७३ पैसा अर्थात् ७१.९३ प्रतिशत कार्यान्वयन भएको छ ।

प्रदेश सरकारले स्थानीय तहलाई पठाएको कुल रु ४ अर्ब ८३ करोड ३५ लाख ८१ हजार रुपैयाँ मध्य चार अर्ब ३८ करोड २१ लाख ९५ हजार २०९.०१ रुपैयाँ अर्थात् ९०.६६ प्रतिशत बजेट कार्यान्वयन भएको छ ।

प्रदेश व्यवस्थापिकामा १४ करोड ५० लाख विनियोजन गरेकोमा असार २५ गतेसम्म ११ करोड २५ लाख ३७ हजार ३६६ रुपैयाँ २० पैसा खर्च गरेको छ । अर्थात् कुल रकमको ७७.६१ प्रतिशत खर्च गरेको छ ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १२ : १४ बजे

सुशासन र जनतालाई सरल सेवा प्रवाह गर्नु सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री सोनल

महेन्द्रनगर– मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले ‘जेन-जी’ आन्दोलनले उठाएको

अर्थसंक्षेप : बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिँदै, फजुल खर्च रोक्दै दोलखाका सहकारी र १८ अंकले ओ‌रालोतिर बजार

प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता अख्तियार दुरुपयोग

ड्रिम टू प्ले टि-ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि मोरङलाई

काठमाडौं– विराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा आयोजना गरेको

ओलीपछि नेपाललाई संकट : रामकुमारी र घनश्यासहित सात नेताले मागे राजीनामा

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीमा देखिएको विवाद झन् झन् बढ्दै

नेपाल टेलिकमले ल्यायो जीएसएम पोस्टपेडमा सजिलो अनलिमिटेड प्याकेज, भोलिदेखि लागु हुने

काठमाडौं– नेपाल टेलिकमले जीएसएम पोस्टपेडमा दोहोरिने सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरेको छ