सरकार, युवा र महिला उद्यमी मिलेर अघि बढ्नुपर्छ : प्रधानमन्त्री | Khabarhub Khabarhub

सरकार, युवा र महिला उद्यमी मिलेर अघि बढ्नुपर्छ : प्रधानमन्त्री


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि अघि बढ्नुपर्ने बताएका छन् ।

शुक्रबार ललितपुरमा महिला उद्यमी महासङ्घले आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलनको उद्‌घाटन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि सँगै काम गरेर सफलता हासिल गर्नुपर्नेमा जोड दिएका हुन् ।

सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्वका साथ हेरेको उनले बताए । प्रधानमन्त्री ओलीले महिलाको सशक्तिकरणको लागि संविधान र व्यवहारमा व्यवस्था गर्दै आएको जिकिर गरे ।

त्यसैका लागि तीनै तहमा कम्तीमा ३३ प्रतिशत जनप्रतिनिधि सुनिश्चित गरेको उनको भनाइ छ । सम्मेलनमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र माल्दिभ्स, युएई दूतावासका प्रतिष्ठित प्रतिनिधि र नेताहरूको सहभागिता रहेको महिला उद्यमी महासङ्घले जनाएको छ । 

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १२ : ११ बजे

त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन

कास्की र म्याग्दी कारागारबाट भागेका कैदी पक्राउ

बागलुङ– जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका ४

एसिया कप: यूएईमाथि भारतले निकाल्यो ४.३ ओभरमै सानदार जित

काठमाडौं – एसिया कपमा भारतले विजयी सुरुवात गरेको छ। दुबई

सवारी दुर्घटनामा एकजनाको मृत्यु

झापा– झापामा सवारी दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको छ

नख्खु कारागारबाट भागेका कैदी धादिङबाट पक्राउ

धादिङ – बिहीबार ललितपुरस्थित नख्खु कारागारबाट भागेका तीन जनालाई धादिङको