ज्ञानेन्द्रलाई ‘राजा’ र ‘श्री ५’ लेखेपछि फणिराज पाठक प्रहरीको नियन्त्रणमा « Khabarhub

ज्ञानेन्द्रलाई ‘राजा’ र ‘श्री ५’ लेखेपछि फणिराज पाठक प्रहरीको नियन्त्रणमा


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ज्ञानेन्द्र शाहलाई राजाकै हैसियतमा ‘श्री ५’ भनेर सम्बोधन गरेपछि संवाद सचिव फणिन्द्रप्रसाद पाठकलाई प्रहरीले बोलाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी अपीलराज बोहोराले ज्ञानेन्द्रलाई त्यसरी गरिएको सम्बोधनको कानुनी हैसियतबारे सोध्न उनलाई झिकाइएको बताए ।

‘पक्राउ गरिएको होइन, पूर्वराजालाई ‘श्री ५’ र राजाकै रुपमा सम्बोधन गरेको विषयमा कानुनी हैसियत र मान्यताबारे जानकारी लिन झिकाएका हौँ’, उनले भने, ‘नेपालको संविधानले ज्ञानेन्द्र शाहलाई राजाको हैसियत दिएको छैन र त्यसरी चिन्दा पनि चिन्दैन । त्यहीकारण उहाँसँग सोधपुछका लागि बोलाएका हौँ।’

संवाद सचिव पाठकलाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको हो । पूर्वसचिव पाठकले पूर्वराजाबारे विज्ञप्ति निकाल्दा श्री ५ महाराज धिराज ज्ञानेन्द्र वीरविक्रम शाह लेखेकोबारेमा सोधपुछका लागि नियन्त्रणमा लिइएको हो ।

पूर्वराजा लेख्नुपर्ने ठाउँमा वर्तमान र बहालवाला राजाकै हैसियतमा विज्ञप्ति निकाल्नु संविधानविपरीत भएको भन्दै प्रहरीले उनलाई नियन्त्रमा लिएको हो ।

यसैबीच ‘श्री ५ ज्ञानेन्द्र’ लेखिएको बहानामा पाठकलाई सोधपुछको निमित्त सरकारले बोलाउनु आश्चर्यजनक र हास्यास्पद रहेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् ।

‘यो सरकारको संकिर्ण मानसिकताको द्योतक हो। ‘श्री ५ ज्ञानेन्द्र’ नेपालका ‘राजा’ हुन्, प्राविधिक रूपमा अहिले राजतन्त्र नरहे पनि वा संविधानले नचिने पनि उनीभन्दा पछि अरू कोही राजा नभएकाले उनलाई ‘श्री ५ ले’ सम्बोधन गर्नु स्वभाविक र मर्यादा पनि हो’, थापाले भनेका छन् ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १ : १७ बजे

पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं – पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको

के अक्षय खन्ना ‘रेस ४’ को हिस्सा बन्नेछन् ?

काठमाडौं – बलिउड फिल्म ‘धुरन्धर’ मा अक्षय खन्नाको दमदार अभिनयले

एक सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर – मकवानपुरको थाहा नगरपालिका–१० स्थित टौखेलबाट मार्खु तर्फ जाँदै

माघ शुक्ल तृतीया : माधवनारायणका व्रतालु पनौती यात्रामा

काठमाडौं – पौषशुक्ल पूर्णिमादेखि माधवनारायण व्रत बसेका व्रतालु माधवनारायण भगवानसहित

बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार

काठमाडौ – क्रिकेटको नियामक निकायले बुधबार टी–२० विश्वकपका खेलहरू भारतबाहिर