एमालेमा अन्तरविरोध चर्किँदै गर्दा उषाकिरणको आक्रोश‍- राजावादी र एकनाथ बोकेर हिँड्नेहरूको पनि समीक्षा गरौँ « Khabarhub

एमालेमा अन्तरविरोध चर्किँदै गर्दा उषाकिरणको आक्रोश‍- राजावादी र एकनाथ बोकेर हिँड्नेहरूको पनि समीक्षा गरौँ


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेभित्र गहिरिँदो आन्तरिक असन्तुष्टि र विवादबीच केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले नेतृत्वको कार्यशैलीप्रति कडा टिप्पणी गरेकी छिन्।

पार्टी सक्किने दिशातिर गइरहेको भन्दै उनले विगतका सबै निर्णयको सांगोपांगो समीक्षा गर्नुपर्ने धारणा राखेकी हुन्।

पार्टी सचिव योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत च्यासलमा बस्ने र बाहिर बस्ने नेताहरूबीचको भनाभन रोक्न आह्वान गरेपछि प्रतिक्रिया दिँदै तिमल्सिनाले भनिन्, ‘राजावादीलाई बोकेर हिँड्नेहरूको पनि समीक्षा गरौँ।’

उनले विगत ११ वर्षदेखि एउटै ढर्रामा पार्टी सञ्चालन हुँदै आएको उल्लेख गरेकी छन् । ‘मान्छेहरू बल्ल पेलिनुको पनि हद हुन्छ भन्दै छन्,’ उनले भनेकी छन् ।

राजनीति विधि र विचारमा आधारित हुनुपर्ने उल्लेख गर्दै तिमल्सिनाले पार्टीले दुर्गा प्रसाईं, एकनाथ ढकाल, राजेन्द्र लिङ्देन, कमल थापा, धवल शमशेर र दीपक बोहरासँग गठबन्धन गर्नुको कारण र परिणामको पुनरावलोकन गर्नुपर्ने पनि बताएकी छन् ।

उनले डा. भीम रावललाई उम्मेदवार हुनबाट रोक्ने, पार्टी सदस्यता खोस्ने र संस्थागत रूपमा गरिएका निर्णयहरूको समेत आलोचना गरेकी छन्, ‘यी सबै ध्वस्तताको विषयमा छलफल र समीक्षा गरौँ।’

यसैबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको चर्चा चलिरहेका बेला एमालेभित्रको तनाव चुलिएको छ।

महासचिव शंकर पोखरेल र उनका समर्थकहरू भण्डारीको पुनरागमनप्रति असन्तुष्ट देखिएका छन्। बिहीबार बसेको जनसंगठन समन्वय संयन्त्रको बैठकमा पोखरेलले विधान महाधिवेशन नभएसम्म नेतृत्वबारे बहस नगर्न निर्देशन दिएका थिए।

संयोजक भानुभक्त ढकालले पार्टी निर्णयविरुद्ध जानेहरूलाई ‘नोटिसमा राखिने’ चेतावनी दिएपछि विवादले झनै नयाँ मोड लिएको छ।

यसै क्रममा सचिव योगेश भट्टराईले भने संयमता अपनाउन आह्वान गरेका छन्। उनले भने, ‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने- कृपया यो तरिका बन्द गरौं। बसौं, आपसमा विमर्श गरौं, सहकार्यमार्फत समाधान खोजौँ’, उनले भनेका थिए ।

पूर्वराष्ट्रपति भण्डारीले औपचारिक रूपमा राजनीति फर्किने घोषणा नगरे पनि उनी सक्रिय हुने संकेतसँगै एमालेभित्र शक्ति सन्तुलनको नयाँ समीकरणको बहस चलिरहेको

पार्टीभित्रको यो अन्तरलहले एमालेको आगामी राजनीतिक यात्रा कता मोडिन्छ भन्नेमा व्यापक चासो बढेको छ ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  २ : १५ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन जारी, प्रधानमन्त्री कोषमा रकम जुट्दै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका