राष्ट्रियसभामा ज्येष्ठ नागरिकसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत « Khabarhub

राष्ट्रियसभामा ज्येष्ठ नागरिकसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभामा ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने’ भन्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गरिएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा सदस्य सुमित्रा बिसी प्रस्तावक र उर्मिला अर्याल, कमला पन्त, भगवती न्यौपाने, मायाप्रसाद शर्मा, मदनकुमारी शाह (गरिमा), पदमबहादुर परियार र पूजा चौधरी समर्थक रहेको प्रस्ताव शुक्रबारको बैठकमा प्रस्तुत भएको हो ।

प्रस्ताव प्रस्तुत गर्दै सदस्य बिसीले ज्येष्ठ नागरिकको परिभाषामा परेका तर सामाजिक सुरक्षा भत्ता नपाउनेलाई रोजगारीको व्यवस्था गर्नुपर्ने बताइन् ।

ज्येष्ठ नागरिकको सम्मान र सुरक्षा गर्ने संस्कृतिको विकास गरिनुपर्नेमा पनि उनले जोड दिइन् । विसं २०८२ जेठ ३१ गते दर्ता भएको प्रस्ताव आज प्रस्तुत गरिएको बिसीले जानकारी गराइन् । 

प्रस्तावको समर्थन गर्दै सदस्य अर्यालले हाल युवाको जनसङ्ख्या घट्दै जाने र ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दै जाने अवस्थामा पुगेकाले देशका लागि यो कुनै न कुनै रूपमा योगदान गरेका ज्येष्ठ नागरिकको सम्मान गर्न पनि उक्त प्रस्तावले सहयोग गर्ने विचार व्यक्त गरिन्।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  २ : २२ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारबाट कैदीबन्दीको सहयोग

चितवन– कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् । 

जेन-जी सहिद दिवस : सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा

‘जेन-जी विद्रोह राजनीतिक संस्कार र शासन प्रणाली परिवर्तनका लागि थिय’

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले गत भदौ २३

सरकारलाई सुशीलाको सन्देश : राजनीतिक स्थायित्व संसदीय गणितमा होइन, शासकको चरित्र र कार्यशैलीमा भर पर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार,

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा