राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण « Khabarhub

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरूले वर्षाका कारण अवरुद्ध सडकखण्ड र क्षतिग्रस्त पुलको तत्काल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको शून्य समयमा सभा सदस्यहरूले रसुवामा गएको बाढीमा बेपत्ताको तत्काल खोजी उद्धार र राहत एवं पुनः स्थापनाका लागि सभा अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।

शून्य समयमा सांसदहरू सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, रुक्मिणी कोइराला र आनन्दप्रसाद ढुङ्गानाले रसुवा बाढीपछि गम्भीरतापूर्वक काम गर्न ध्यानाकर्षण गराए । उनीहरूले मधेस प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरेको भन्दै आवश्यक सहयोग उपलब्ध गराउनसमेत आग्रह गरे ।

सभा सदस्य घनश्याम रिजालले कम्पनी रजिष्ट्रारको ‘सर्भर डाउन’ भयो भन्दै कम्पनी दर्ता गराउन घुस मागेका विषयमा तुरुन्त छानबिन र कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए । ‘

सर्भर डाउनको बहानामा अनलाइन सिस्टमलाई बन्द गराई नवीकरण र दर्ता गर्दा प्रतिशत तोकेर रकम असुल्ने खबर सार्वजनिक भएको छ’, उनले भने, ‘कम्पनी दर्ता गर्न पनि घुस खुवाउनुपर्ने भएपछि जनताले किन र कसरी व्यवसाय गर्छन् ? कसरी लगानीको वातावरण बन्छ ?’

यस्तै, सांसद मनरुपा शर्माले नारायणगढ–बुटवल सडकको (बर्दघाट) दाउन्ने दुम्कीबास खण्डसँगै देशभरका विभिन्न सडक अस्तव्यस्त भएको भन्दै ध्यानाकर्षण गराइन् सांसद रेणु चन्दले अछामको पञ्चदेवल विनायक नगरपालिका र दैलेखको आठबिसकोट नगरपालिका जोड्ने झोलुङ्गे पुल निर्माणका लागि आवश्यक बजेट तत्काल उपलब्ध गराउन माग गरिन् ।

सांसद श्रीकृष्णप्रसाद अधिकारीले गाजा क्षेत्रको प्यालेस्टाइनी नागरिकको जीवनरक्षाका लागि सरकारको धारणा स्पष्ट गर्न माग गरे । सांसद विष्णुकुमारी सापकोटाले जिल्लास्तरीय महिला तथा बालबालिका कार्यालयको खारेजीले महिला विकास तथा सशक्तीकरणमा ध्यान पुग्न नसकेको धारणा राखिन्  ।
 

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  २ : ३३ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल