‘दान्भी’ का निर्देशक रुपेशले घोषणा गरे फिल्म ‘एक्का तीन’ « Khabarhub

‘दान्भी’ का निर्देशक रुपेशले घोषणा गरे फिल्म ‘एक्का तीन’


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘दान्भी’का निर्देशक रुपेश तामाङले नयाँ प्रोजेक्टको थालनी गरेका छन् । उनले शुक्रबार फिल्म ‘एक्का तीन’ निर्माणको घोषणा गरेका हुन् ।

रुपेशले एक थिम पोस्टर सार्वजनिक गरी नयाँ प्रोजेक्ट सुरुवात गरेको जानकारी दिएका हुन् । पोस्टरमा एक महिला र दुई पुरुष छन् । उनीहरुको अनुहार स्पष्ट देखिएको छैन ।

पोस्टरको पृष्ठभूमिमा उडिरहेको हेलिकोप्टर देख्न सकिन्छ । पृष्ठभूमिमा भएको धुवाँको मुस्लोले बिस्फोटको संकेत गर्छ ।

पोस्टरले संकेत गरेको अनुसार नै फिल्म एक्सन जनरामा बन्न लागेको निर्माण पक्षले जनाएको छ ।

यस फिल्मको नायिकामा नायिका पूजा शर्मा फाइनल भइसकेको निर्देशक रुपेशले जानकारी दिएका छन् । अन्य कलकार भने चयन हुन बाँकी रहेको उनले बताए ।

पोस्टरमा यो फिल्म सन् २०२६ भित्रै प्रदर्शनमा आउने उल्लेख गरिएको छ ।

यो फिल्मको लेखक सुमन गजमेर रहेको बताइएको छ । जुना फिल्मको प्रस्तुतिमा यो फिल्म बन्न लागेको हो । फिल्मको छायाङ्कन चाँडै सुरु हुने रुपेशले बताए ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ६ : ४२ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत १३ गते शुक्रबार चैत

आज २०८२ साल चैत १३ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १३ गते शुक्रबार चैत

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक