अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा  कमजोर ! | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा  कमजोर !


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय नेपाली चलचित्रले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा आफ्नो उपस्थिति बलियो बनाएका छन् । गत वर्ष सन् २०२४ मा बर्लिन चलचित्र महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छनोट भएपछि नेपाली चलचित्र ‘शाम्बाला’ को राम्रै चर्चा भयो । यद्यपि गएको वर्ष विसं २०८१ को नेपालमा प्रदर्शन भएका चलचित्रको ‘बक्सअफिस’ तथ्याङ्क हेर्ने भो व्यापार राम्रो गर्न सकेको छैन ।

यही असार १६ मा चलचित्र विकास बोर्डले पछिल्लो २५ वर्षमा सर्वाधिक कमाई गर्ने २५ चलचित्रको नामावली सार्वजनिक ग¥यो । जहाँ कलात्मक रूपमा निर्माण गरिएका र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाललाई प्रतिनिधित्व गर्ने कुनै चलचित्र परेनन् । अर्थात् घरेलु बजारमा चलचित्र महोत्सवमा पुग्ने चलचित्र सफल हुन सकेका छैनन् ।

नेपाली दर्शकले घरेलु बजारमा ती चलचित्रलाई किन साथ दिइरहेका छैनन् भन्ने जिज्ञासामा चलचित्र निर्देशक सुवर्ण थापाले दर्शकमा स्थापित भएको भाष्य कारक मानेका छन् । 

‘अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुग्ने चलचित्र बुझ्न कठिन हुन्छ, यो हाम्रो लागिभन्दा पनि विदेशीका लागि बनाइएको हो भन्ने भाष्य दर्शकमा स्थापित हुनु गलत हो । चलचित्र सबैका लागि निर्माण गर्छौं, विदेशी चलचित्र बुझ्ने दर्शकले स्वदेशी चलचित्र नबुझ्ने त हुँदैन होला । हाम्रो निर्माण शैली नियमितभन्दा फरक हुनसक्छ तर हामीले सबै दर्शकका लागि बनाएका हुन्छौँ’, निर्देशक थापाले भने ।

उनले चलचित्र विकास बोर्डले घरेलु बजारमा व्यापार गर्ने चलचित्रसँगै अन्तर्राष्ट्रिय महोत्सवमा नेपाललाई प्रतिनिधित्व गर्ने, नेपाली परिवेशलाई प्रस्तुत गर्ने र नेपाली कला, संस्कृतिको प्रवद्र्धन गरिरहेका कलात्मक चलचित्रलाई पनि प्रोत्साहन गर्नुपर्ने विचार राखे ।

निर्देशक थापाले भने, ‘घरेलु बजारमा व्यापार गरेका कुनै चलचित्रले अन्तर्राष्ट्रिय महोत्सवमा पुगेर नेपाललाई प्रतिनिधित्व गरेनन् । हामीले देशको परिवेश र संस्कृतिलाई लिएर विदेशी चलचित्रकर्मीसम्म पुर्‍याएका छौँ । अहिले कलात्मक रूपमा अन्य धेरै देशका भन्दा नेपाली चलचित्र अब्बल बन्ने गरेका छन् । यसलाई राज्य र घरेलु दर्शकबाट प्रोत्साहन चाहिएको छ ।’ उनले निर्देशन गरेको ‘सुनगाभा’, ‘राधा’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुगेका थिए ।

निर्देशक तथा समीक्षक दीपेन्द्र लामाले चलचित्रको व्यापार र कलात्मक पक्ष भिन्न रहेको बताए । चलचित्रको समीक्षा र व्यापारलाई तुलना गर्न नहुने उनको धारणा छ । 

उनले भने, ‘नेपालमा मात्र नभई छिमेकी मुलक भारत र हलिउडकै कलात्मक वा महोत्सवमा अब्बल साबित भएका चलचित्रहरू बक्सअफिसमा कम्जोर देखिएका छन् । हाम्रोभन्दा बजार ठूला भएकाले उनीहरुको व्यापार बढी भएजस्तो लागेको हो तर सर्वाधिक कमाउने चलचित्रको सूचीमा ती चलचित्र हुदैनन् । यस्तै, राम्रा चलचित्रको सूचीमा बक्सअफिसमा सफल चलचित्र पर्दैनन् । तर, ती कलात्मक वा महोत्सव केन्द्रित देखिएका चलचित्रलाई राज्यले प्रोत्साहन गर्नुपर्छ र बिस्तारै ती घरेलु बजारमा पनि अब्बल साबित हुन्छन् ।’

उनले घरेलु बजारमा महोत्सवमा अब्बल भनिएका चलचित्रको व्यापार कमजोर हुनुलाई दर्शकको स्वाद मेल नखाएको बताएका छन् । आफैँ चलचित्र समीक्षक हुँदा कलात्मक चलचित्रको प्रवर्द्धनमा जुटेका लामाले चलचित्र निर्देशक भएपछि त्यस्ता कलात्मक चलचित्र निर्देशन गर्न सकेका छैनन् ।

‘महोत्सवमा पुगेका चलचित्र र नेपाली दर्शकको स्वाद एकापसमा नमिलेको हुनसक्छ । यो स्वाभाविक पनि हो, किनकि हामीले विश्व चलचित्रसँग प्रतिस्पर्धा गर्ने काम गरिरहँदा त्यो सबैका लागि उपयुक्त नहुन पनि सक्छ । तर, त्यस्ता चलचित्रको निर्माण निरन्तर हुनुपर्छ अनि मात्र हामीले घरेलु दर्शकको सङ्ख्या बढाउन सक्छौँ’, निर्देशक लामाले भने ।

अभिनेत्री केकी अधिकारीले नेपाली चलचित्रले अन्तर्राष्ट्रिय महोत्सवमा पुग्दा आफूलाई खुसी लाग्ने बताइन् । ‘म ती चलचित्रको दर्शक हुँ, म कुर्ने गर्छु । तर, म जस्ता दर्शक कम भएका हुन् कि जस्तो लाग्छ । कहिलेकाहीँ ती चलचित्रको चर्चा हुँदा ती चलचित्र भवनमा हुँदैनन् । यस्ता विभिन्न तथ्यले गर्दा महोत्सवमा अब्बल भनिएका चलचित्र घरेलु बजारमा कमजोर भएका छन्’, उनले भनिन् ।

अभिनेत्री अधिकारीले भनिन्, ‘म चलचित्रमा निर्मात्रासँगै अभिनेत्री पनि थिएँ । हामीले उठान गरेका विषय अन्तर्राष्ट्रिय महोत्सवमा पुग्नुपर्छ भन्ने लागेको थियो । तर, निर्माताका रूपमा मैले चलचित्र प्रदर्शन हुनु नै सफलता हो भन्ने ठाउँमा पुगे, सङ्घर्ष धेरै भए । हामीले चाहेका चलचित्र महोत्सवमा पठाउन नमिल्ने रहेछ, अन्यमा पठाउन मसहित चलचित्र निर्माण समूहको निर्णय भएन ।’

उनको चलचित्र अन्तर्राष्ट्रिय चलचित्र महोत्सव नपुगे तापनि घरेलु बजारमा राम्रो व्यापार गर्न सफल भयो । उक्त चलचित्रले १० करोड रुपैयाँ व्यापार गरेको तथ्याङ्क चलचित्र विकास बोर्डमा छ ।

घरेलु बजारमा सर्वाधिक कमाई गर्ने चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ का निर्माता विनोद पौडेलले घरेलु बजार र अन्तर्राष्ट्रिय महोत्सवमा पुग्ने दुवै किसिमका चलचित्र चाहिने बताए । 

‘हामीले कलात्मक भन्ने ‘आर्टहाउस फिल्म’ र व्यासायिक भन्ने दुवै किसिमका चलचित्र बनाउनुपर्छ । किनकि घरेलु बजारसँगै अन्तर्राष्ट्रिय उपस्थिति महत्त्वपूर्ण छ । अहिले राज्यको प्रोत्साहन दुवैलाई चाहिएको छ’, निर्माता पौडेलले भने ।

आफ्नो पहिलो चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनका क्रममा गर्नुपरेको सङ्घर्षलाई स्मरण गर्दै उनले चलचित्र भवन सञ्चालकले नेपाली चलचित्रलाई दायित्वका रूपमा पनि बुझ्नुपर्ने बताए  । 

‘म अस्ट्रेलियामा चलचित्र वितरण गर्थे । त्यहाँ एक हप्ताको ‘शो’ निकालिएपछि घटाइने वा हटाइने हुँदैन, यसले स्थिर बनाउनाका साथै दर्शकले आफ्नो समयअनुसार चलचित्र हेर्ने सोच बनाउँछन् । तर, यहाँ ‘शो’ कतिबेला हट्छ भन्ने थाहै हुँदैन, त्यसैले यसमा स्थिरता भएमा घरेलु बजारमा हामीले चर्चा गरिरहेको दुवै चलचित्रलाई लाभ हुन्छ भन्ने मलाई लाग्छ’, निर्माता पौडेलले भने ।

चलचित्र महोत्सवलाई लक्षित गर्दै निर्माण गरिएका चलचित्रमा ‘गाउँ आएको बाटो’ ले घरेलु बजारमा चार करोड रुपैयाँको व्यापार गरेको थियो । ‘आर्टहाउस फिल्म’ भनिएको ती चलचित्रको सूचीमा ‘गाउँ आएको बाटो’ नै अहिलेसम्म सर्वाधिक कमाउने चलचित्र बनेको छ । रासस

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ४ : १४ बजे

चतरा मालमेनेजरी गुठीको १६ सय बिघा जग्गा कहाँ छ ? पर्व चलाउनै धौधौ

काठमाडौं– कोशी नदी पहिले पूर्वामिमुखी भएर बग्दथिन् । प्राचीन कालको

काठमाडौंको तारकेस्वरस्थित पिपलडाँडामा एक महिला झुण्डिएको अवस्थामा फेला

काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका–८ पिपलडाँडा खेल मैदानको बारमा एक महिला

साउनको पहिलो सोमबार पशुपतिनाथमा दर्शनार्थीको भीड (तस्बिरहरू) 

काठमाडौं– आज साउन महिनाको पहिलो सोमबार । काठमाडौंको पशुपतिनाथलगायत देशभरका

कर्णालीमा अझै ५० ठाउँमा तुइन

सुर्खेत– तुइन हटाउने नीति लिएको कर्णाली प्रदेशले तथ्याङ्क सङ्कलन गरेको

भारतसँगको दोस्रो टेस्टमा इङ्गल्यान्डको कमब्याक

काठमाडौं – भारत र इङ्गल्यान्डको युवा टोली बीचको दोस्रो टेस्टमा